सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आ"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सरकारी कामकाज पुरै ठप्प, कार्यालय प्रमुखलाई प्रबेशमा रोक

२०७३, १ फाल्गुन आईतवार १२:२६

सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आन्दोलनले जिल्ला बिकास, गाँउ बिकास  समिति र नगरपालीकाको सम्पुर्ण काम ठप्प भएको हो । आन्दोलनका कारण सेवाग्राहीले भने निकै कठिनाई व्यहोर्नु परेको छ । जरुरी काम पर्दासमेत काम काज पुरै ठप्प भएकाले  समस्या परेको सेवाग्राहीले  गुनासो गरेका छन् ।  

माघ १८ गते देखि बिभिन्न चरणमा आंशिक हडताल गर्दै आएका कर्मचारीहरुले आज देखि कार्यालय को कामकाज नै ठप्प पारेका हुन् । कार्यालयको मुल प्रबेशद्धारमा नै धर्ना दिएर आज आन्दोलन जनाएका छन् । बिभिन्न पांच संगठनहरुको अह्वानमा यो आन्दोलन भईरहेको स्थानीय निकाय कर्मचारी संघका पुरुषोक्तम ढकालले बताउनुभएको छ ।  

जेष्ठता र बरीष्ठताका आधारमा कर्मचारीलाई सम्माजन सहभागिता गराउनु पर्ने, अबिलम्ब स्थानीय निकायको निर्बाचन गराउनु पर्ने, नयाँ संबिधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको ब्यबस्थपन गर्नु पर्ने कर्मचारीहरुले माग गरेका छन ।

त्यसै गरी स्थानीय निकायमा बिशौं बर्ष देखि कार्यरत अथायी तथा करारमा रही आफनो जिबनका सृजनशिल समय जनताको सेवामा लगाएका करीब ६ हजार कर्मचारीको सेवालाई निरन्तरता दिदै अब बन्ने ऐन नियम र कार्यबिधिबाटै ब्यबस्थापन गर्न पर्ने उनिहरुको माग रहेको छ ।  कर्मचारीहरुले दुई प्रकारको कर्मचारी संयन्त्र तत्काल खारेज गर्न पर्ने लगायतका बिभिन्न मुख्य ६ बटा र ११ बटा सहायक माग रखेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।

कर्मचारीहरुले भोली सोमबार जिल्लाका स्थानीय बिकास अधिकारी ईन्जिनियर, कार्यकाकरी अधिकृत तथा गाबिस सचिवहरुलाई  कार्यालय प्रबेश निषेध गर्ने र निजहरुले प्रयोग गर्ने सवारी साधन पनि सँचालनमा रोक लगाउने लगायतको कार्यहुने स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको निर्णय भएकाले सोही बमोजीम गर्ने बताईएको छ । यति गर्दा पनि माग पुरा नभए आन्दोलनका नँया कार्यक्रम घोषणा गर्न पनि पछि नहड्ने कर्मचारीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै