सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आ"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सरकारी कामकाज पुरै ठप्प, कार्यालय प्रमुखलाई प्रबेशमा रोक

१ फाल्गुन २०७३, आईतवार १२:२६

सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आन्दोलनले जिल्ला बिकास, गाँउ बिकास  समिति र नगरपालीकाको सम्पुर्ण काम ठप्प भएको हो । आन्दोलनका कारण सेवाग्राहीले भने निकै कठिनाई व्यहोर्नु परेको छ । जरुरी काम पर्दासमेत काम काज पुरै ठप्प भएकाले  समस्या परेको सेवाग्राहीले  गुनासो गरेका छन् ।  

माघ १८ गते देखि बिभिन्न चरणमा आंशिक हडताल गर्दै आएका कर्मचारीहरुले आज देखि कार्यालय को कामकाज नै ठप्प पारेका हुन् । कार्यालयको मुल प्रबेशद्धारमा नै धर्ना दिएर आज आन्दोलन जनाएका छन् । बिभिन्न पांच संगठनहरुको अह्वानमा यो आन्दोलन भईरहेको स्थानीय निकाय कर्मचारी संघका पुरुषोक्तम ढकालले बताउनुभएको छ ।  

जेष्ठता र बरीष्ठताका आधारमा कर्मचारीलाई सम्माजन सहभागिता गराउनु पर्ने, अबिलम्ब स्थानीय निकायको निर्बाचन गराउनु पर्ने, नयाँ संबिधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको ब्यबस्थपन गर्नु पर्ने कर्मचारीहरुले माग गरेका छन ।

त्यसै गरी स्थानीय निकायमा बिशौं बर्ष देखि कार्यरत अथायी तथा करारमा रही आफनो जिबनका सृजनशिल समय जनताको सेवामा लगाएका करीब ६ हजार कर्मचारीको सेवालाई निरन्तरता दिदै अब बन्ने ऐन नियम र कार्यबिधिबाटै ब्यबस्थापन गर्न पर्ने उनिहरुको माग रहेको छ ।  कर्मचारीहरुले दुई प्रकारको कर्मचारी संयन्त्र तत्काल खारेज गर्न पर्ने लगायतका बिभिन्न मुख्य ६ बटा र ११ बटा सहायक माग रखेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।

कर्मचारीहरुले भोली सोमबार जिल्लाका स्थानीय बिकास अधिकारी ईन्जिनियर, कार्यकाकरी अधिकृत तथा गाबिस सचिवहरुलाई  कार्यालय प्रबेश निषेध गर्ने र निजहरुले प्रयोग गर्ने सवारी साधन पनि सँचालनमा रोक लगाउने लगायतको कार्यहुने स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको निर्णय भएकाले सोही बमोजीम गर्ने बताईएको छ । यति गर्दा पनि माग पुरा नभए आन्दोलनका नँया कार्यक्रम घोषणा गर्न पनि पछि नहड्ने कर्मचारीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन