फागुन ५, काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पाँच दिनका लागि सरेको छ । 

प्रमुख दल निकट विद्यार्थी संगठन ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पाँच दिनका लागि सरेको छ । 

प्रमुख दल निकट विद्यार्थी संगठन ने"/>

२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्बचनको मिति सर्यो

२०७३, ५ फाल्गुन बिहीबार ०७:१६

फागुन ५, काठमाडौं । फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पाँच दिनका लागि सरेको छ । 

प्रमुख दल निकट विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुबीच बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । 

यस्तै त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्ने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । तर विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की