५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि २ वटा क्याम्पसमा मतदान जारी

१८ फाल्गुन २०७३, बुधबार ०९:३०

सरु शर्मा/फागुन १८, नवलपरासी । त्रिभुवन बिश्व बिधालय अन्तरगतका बिभिन्न क्याम्पसमा आज स्वतन्त्र बिधार्थी युनियनको स्ववियु चुनाव भैरहेको छ । 

नवलपरासीमा पनि २ वटा क्याम्पसमा चुनावि प्रकृया जारी छ । नवलपरासीका ६ वटा क्याम्पसमा  चुनाव हुने भनिएपनि महाकवि देवकाटा क्याम्पस सुनवल र दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाटमा मात्रै चुनाव भएको हो । अन्य क्याम्पसमा भने बिभिन्न सँगठनमा आबद्ध बिधार्थीहरुले स्वबियु चुनावको बिरोध जनाएर तालाबन्दि गरेका कारण चुनाव हुन नसकेको हो ।

नवलपरासीका २ वटा क्याम्पस मध्य महाकवि देवकाटा क्याम्पस सुनवलमा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म मतदानको समय निर्धारण गरीएको र अहिले मतदान प्रकृया सम्पन्न भएको निर्बाचन अधिकृत शिव नेपालले जानकारी दिनुभयो । सो क्याम्पसमा जम्मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय २५ मत खसेको उहाले बताउनुभाये । मतदान प्रकृया सम्पन्न भईसकेकाले अव केहीबेरमा मतगणना जारी हुने निर्बाचन समितिले जनाएको छ । 

यस्तै दिब्य ज्योति बहुमुखी क्याम्पस बर्दघाटमा भने मतदानकार्य जारी रहेको बताईएको छ । ३ बजे सम्ममा मतदान प्रकृया सकिने र त्यसपछि मतगणना सुरुहुने निर्बाचन अधिकृत सागर पाण्डेले बताउनुभयो ।  सो क्याम्पसमा ९०४ मतदाता बिधार्थी रहेका छन् ।

 देशभरका २०० क्याम्पसमा स्ववियु चुनाव हुने भनेर तयारी सम्पन्न गरीए पनि आज बिभिन्न कारणले गर्दा कतिपय क्याम्पसको निर्बाचन स्थगित भएका छन् । चुनाव भएको स्थानमा ८ बर्ष पछि भएको चुनावमा सहभागिता जनाउन पाउदाँ आफुहरुलाई खुशीलागेको प्रतिक्रिया बिधार्थीहरुले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता