फागुन २४, काठमाडौं । प्रहरी र मधेशी मोर्चाबीच सोमबार भएको झडपका क्रममा ३ जनाको मृत्यु भएपछि गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौं । प्रहरी र मधेशी मोर्चाबीच सोमबार भएको झडपका क्रममा ३ जनाको मृत्यु भएपछि गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा नि"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीका सीडीओ र सुरक्षा प्रमुखलाई गृहले फिर्ता बोलायो

२४ फाल्गुन २०७३, मंगलवार ०८:५६

फागुन २४, काठमाडौं । प्रहरी र मधेशी मोर्चाबीच सोमबार भएको झडपका क्रममा ३ जनाको मृत्यु भएपछि गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे जानकारी लिएका छन् । त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

करिब डेढ घण्टा भएको छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी छलफलमा सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता