धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित

२४ फाल्गुन २०७३, मंगलवार ११:०३


धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन् ।

स्ववियु निर्वाचनमा ६५ मत ल्याएर भेरीज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का विजयी भएका हुन् । खड्काका प्रतिद्धन्दी जनक सिंहले ५८ मत प्राप्त गरेका थिए । 

खड्का बामपन्थी प्यानलका सभापति उमेरदवार हुन भने सिंह प्रगतिशित प्यानलका उमेरदवार हुन् । खड्का नेकपा एमाले निकट अनेरास्ववियुका प्रतिनीधि हुन भने, सिंह नेपाली कांग्रेस निकट नेविसंघका प्रतिनीधि हुन् ।

प्रत्यक्ष तर्फको निर्वाचनमा बामपन्थी प्यानलवाट सभापतिका उमेरदवार मात्र विजयी भएको र सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) मनसरा नेपाली, कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनका दिनेशकुमार शाही निर्वा्चित भएका छन् । 

यस्तै सदस्यमा अनेरास्ववियु (क्रान्तिकारी) प्रकाश वली, नेविसंघका सपना सोनाम र नयाँ शक्ति विद्यार्थी युनियनका नरेन्द्र उपाध्याय निर्वा्चित भएका छन् । सचिव, कोषाध्यक्ष र तीन सदस्य पदमा प्रगतिशिल प्यानलका उमेरदवार विजयी भएको निमित्त क्याम्पस प्रमुख चन्द्रबहादुर वुढाले जानकारी दिए ।

समानुपातिक तर्फ बामपन्थी प्यानलले ५८ मत प्राप्त गरेको छ भने, प्रगतिशित प्यानलले ६१ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचनमा दई मत बदर भएका छन् भने, प्यानलमा मतदान गर्नु पर्ने प्रावधान भएता पनि दुई मत नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लाई मतदान गरिएको छ ।

समानुपातिक तर्फ प्राप्त मत प्रतिशतका आधारमा सात दिन भित्रै स्ववियु उपसभापति, स–सचिव र तीन सदस्य मनोनित गर्नु पर्ने प्रावधान रहेको छ ।

त्यस्तै जाजरकोट सदरमुकाममा अनेरास्ववियुले क्याम्पस स्वबियुको बिजय जूलूस विद्यार्थीहरुले आज विहान १२ वजे देखि जाजरकोट सदरमुकाममा विजय जुुलुस निकालीहेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता