पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता ः उपराष्ट्रपति पुन

२४ फाल्गुन २०७३, मंगलवार ११:३८

पर्वत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएका छन् । उनले  नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हँुदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नु र आगामी दिनमा हुदै गरेका तीन तहका निर्वाचनमा महिलाहरुको अधिकारलाई हरेक वडा, तह र क्षेत्रमा समान अधिकार प्रत्याभूत गरिएको बताए । 

रेडियो दिदिवहिनी पर्वतको सातौ बार्षिक उत्सव तथा नवौं पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार उपराष्ट्रपति पुनले उद्घाटन गर्दे सो कुरा बताएका हुन् । 

नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जानको लागि महिलाहरुलाई ढोका खोलिदिएको बताउँदै उपराष्ट्रपति पुनले अबका दिनका संविधानले उल्लेख गरे अनुसारका अधिकारहरु महिलाहरुले प्राप्त गर्ने र महिला र पुरुषको बराबरीता कायम हुनेमा विश्वास व्यक्त गरे ।

अझै पनि पितृ शताम्क देश रहेको पनि हरेक क्षेत्रमा महिलको समान अधिकार र अस्तित्व स्वीकार गरिसकेको अबस्था नरहेता पनि नेपालको संविधानले महिला र पुरुषलाई समान अबसर प्रदान गर्दै राज्यको माथिल्लो तहमा समेत महिलाको नेतृत्व रहेको भन्दै यसलाई संस्थागत गर्नको लागि अब हुदै गरेका तीन तहका चुनावमा उल्लेखनीय रुपमा सहभागी हुनको लागि उनले आग्रह गरे ।

 देशका भएको १० बर्षे जनयुद्ध त्यसपछिका आन्दोलन र त्यागका कारण यो अबसर मिलेको बताउँदै यसलाई चुक्न नदिनको लागि अब हुने चुनावहरु सफलताका साथ सम्पन्न गर्नको लागि एक जुट हुनुपर्ने बेला आएको बताए ।

अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्ता राज्यका महत्वपूर्ण पदमा एकै पटक महिला नेतृत्व एक शताब्दीभन्दा लामो सङ्घर्षको प्रतिफल भएको बताउँदै सो प्रतिफललाई बचाइराख्नको लागि सवै लाग्नुपर्नेमा जोड दिए ।

उनले रेडियो दिदिबहिनी महिलाहरुको नेतृत्वमा संचालन हुनु र महिलाहरुको आवाजलाई बुलन्द गर्न सक्नु आफैमा सुखद भएको भन्दै रेडियोको भवन तथा अवाश्यक मेसिनरी औजारका समाग्रीहरु खरिदको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला