फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठबन्धनद्वारा देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा

२४ फाल्गुन २०७३, मंगलवार १३:२८

फागुन २४, काठमाडौँ । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको र्याली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो । 

सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ । 

सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा सङ्घीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ । 

गठबन्धनले सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोबारे ध्यानाकर्षण गराउँदै मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडा वर्ग आदिको समस्याबारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । 

बैठकले सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वानसमेत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला