फागुन २५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्।

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्।

म"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्छ: राष्ट्रपति

२०७३, २५ फाल्गुन बुधबार १०:०४


फागुन २५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताएकी छिन्।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विशेष समारोहमा उनले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन्।’ उनले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिलाको आर्थिक अधिकारलाई समेत सुनिश्चित गरेको र सरकारले विकासको वृद्धि विकासका कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गरिन् ।

उनले सरकारले साहसिक नेपाली नारी योगमायाको नाममा आयुर्वेदिक विश्वविद्यालय खोल्ने तयारी गर्नु, मङ्गलबारदेखि कपिलवस्तुमा सुरु भएको राष्ट्रपति उत्थान कार्यक्रमजस्ता कार्यक्रमले पनि महिलाको सम्मान गरेको आफूले अनुभव गरेको बताइन् ।

राष्ट्रपति भण्डारीले स्थानीय निकायको निर्वाचन नहुँदा र आर्थिक पहुँचमा नुहँदा महिला पछि परेको हुँदा महिलाले उत्पादनमूलक काममा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन्।

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकमा समानरुपमा अगाडि बढाउनुपर्ने र त्यसका लागि संविधानले दिएको हकअधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलाको आर्थिक र सामाजिक विकासका लागि मन्त्रालयले विभिन्न खालका सीपमूलक तालिमहरुको सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

कार्यक्रममा समाजसेवी अम्बिका श्रेष्ठले महिला समानताका लागि महिलाको आर्थिकस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन्। प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तर्राष्ट्रिय महिला दिवस जागरूकतासम्बन्धी दिवस हो। राजनीतिक तवरबाट सुरु भएतापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा यो दिवस बनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिला: सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ। यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो। त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन सुरु भयो।

सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा गर्‍यो। त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रूपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ