फागुन २५, काठमाडौं ।  सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । 

 बुधब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं ।  सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । 

 बुधब"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख क्षतिपूर्ति

२५ फाल्गुन २०७३, बुधबार १४:४७

फागुन २५, काठमाडौं । सरकारले सोमबार सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा मृत्यु भएकाको हकवालालाई रु दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका हकवालालाई रु दश÷दश लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा सोमबार आयोजना गरिएको आमसभालाई बिथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा मोर्चाका कार्यकर्ता सञ्जन मेहता, पीताम्बरलाल मण्डल, आनन्द शाह र वीरेन्द्र महतोको मृत्यु भएको थियो । 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश वा न्याय सेवाको विशिष्ट श्रेणीबाट अवकास प्राप्त अधिकृतको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने बैठकले निर्णय गरेको बैठकपछि सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । 

आयोगका अध्यक्ष र सदस्यको नाम प्रधानमन्त्रीको सहमतिमा गृहमन्त्रीले टुङ्गो लगाउने निर्णय भएको छ । आयोगले आफ्नो काम सुरू गरेको दिनदेखि १५ दिनभित्रमा सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालय समक्ष पेस गर्नुपर्ने छ । 

सरकारले सो घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । त्यसैगरी घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको मन्त्री पाण्डेले जानकारी दिए । 

“नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता बिना हातहतियार शान्ति पूर्ण रूपमा भेला हुने स्वतन्त्रताको नेपाल सरकार पूर्ण सम्मान गर्दछ”– बैठकपछि मन्त्री पाण्डेले भने, “कुनै पनि राजनीतिक दल वा नागरिकले आफ्नो हक र अधिकारको उपयोग गर्दा अरूको हक र अधिकारको हनन् नगरी समाजमा शान्ति र सुव्यवस्था खलल हुन नदिनेतर्फ सचेत रहनुपर्ने जिम्मेवारीप्रति सबै राजनीतिक दल नागरिक समाज र सङ्घ/संस्था र आम नागरिकहरूलाई सरकारले अपिल गर्दछ ।” 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले ७४४ तहमा (नगरपालिका, गाउँपालिका, उपमहानगरपालिका र महानगरपालिका) कार्यालय स्थापना गरी काम सञ्चालन गर्नका लागि न्यूनतम् रु एक करोडका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला