सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइत"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

फेरियो स्थानीय निकायको परिचय, पुरानो नाम मेटेर नयाँ लेखियो

२९ फाल्गुन २०७३, आईतवार ११:५२

सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइतवार साविक तुलसीपुर नगरपालिकाको बोर्ड मेटायर तुलसीपुर उप–महानगरपालिका नामांकरण गर्नेक्रम सुरु गरिएको छ । 

 नेपाल सरकारको शुक्रवारको निर्णय बमोजिम यसरी आइतवार देखि स्थानीय निकायको परिचय धमाधम परिवर्तन गर्न लागिएको हो । साविक जिल्ला विकास समितिको नाम आइतवार देखि नै जिल्ला समन्वय समिति, साविक गाउँविकास समितिको नाम परिवर्तन गरेर गाउँ पालिकाको नयाँ साईन बोर्ड राखिएको छ । त्यस्तै ति कार्यालयहरुमा छाप, लेटर प्याड पनि आइतवार देखि नै परिवर्तन गरिएका छन् । शुक्रबार सरकारले नयाँ स्थानिय तहको संख्या र सिमाना निर्धारण भएको सुचना नेपाल राजपत्रमा प्रकाशित गरेपछि ६ दशक पछि स्थानीय निकायको नाम र परिचय फेरिएको हो ।

राजपत्रमा सुचना प्रकाशित भएसंगै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले मातहतका कर्मचारीलाई स्थानिय तहको कार्यालय स्थापना गरि सोही अनुसार सेवा प्रबाह गर्न निर्देशन समेत दिएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार काम सञ्चालन गर्न स्थानीय बिकास मन्त्रालयले आग्रह समेत गरेको हो । मन्त्रालयले नयाँ नगरपालिका र गाउपालिकामा कार्यकारी अधिकृत नखटाउदा सम्म सम्बन्धित गाबिस सचिब मध्येबाट जेष्ट कर्मचारीलाई निमित्त कार्यकारीको रुपमा काम गर्ने ब्यबस्था मिलाउन, सञ्चालन आदेशमा भए अनुसार स्थानीय तहको कोष ब्यबस्थापन र खाता सञ्चालनको ब्यबस्थापन गर्न निर्देशन समेत दिएको छ ।

नयाँ संरचना अनुसारको स्थानीय तह राजपत्रमा प्रकाशित भएपछि स्थानिय बिकास अधिकारीहरुलाई आफु कार्यरत रहेको जिल्ला नछोडन र बिदा तथा काज रहेको भएपनि यथाशिघ्र कार्यलयमा हाजिर हुन निर्देशन सरकारले गरेको छ । स्थानीय तहबाट सेवा प्रबाहलाई निरन्तरता दिनुपर्ने भएकाले नयाँ स्थानीय तहको कार्यान्वयन नहुँदा सम्म बिदा तथा काज स्वीकृत नहुने सरकारले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली