सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइत"/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

फेरियो स्थानीय निकायको परिचय, पुरानो नाम मेटेर नयाँ लेखियो

२०७३, २९ फाल्गुन आईतवार ११:५२

सन्तोषकुमार गुप्ता, दाङ २९ फागुन । सरकारको निर्णय अनुसार स्थानीय निकायको परिचय फेरिएको छ । त्यही अनुसार नँया नामंकरण गर्ने क्रम सुरु भएको छ । आइतवार साविक तुलसीपुर नगरपालिकाको बोर्ड मेटायर तुलसीपुर उप–महानगरपालिका नामांकरण गर्नेक्रम सुरु गरिएको छ । 

 नेपाल सरकारको शुक्रवारको निर्णय बमोजिम यसरी आइतवार देखि स्थानीय निकायको परिचय धमाधम परिवर्तन गर्न लागिएको हो । साविक जिल्ला विकास समितिको नाम आइतवार देखि नै जिल्ला समन्वय समिति, साविक गाउँविकास समितिको नाम परिवर्तन गरेर गाउँ पालिकाको नयाँ साईन बोर्ड राखिएको छ । त्यस्तै ति कार्यालयहरुमा छाप, लेटर प्याड पनि आइतवार देखि नै परिवर्तन गरिएका छन् । शुक्रबार सरकारले नयाँ स्थानिय तहको संख्या र सिमाना निर्धारण भएको सुचना नेपाल राजपत्रमा प्रकाशित गरेपछि ६ दशक पछि स्थानीय निकायको नाम र परिचय फेरिएको हो ।

राजपत्रमा सुचना प्रकाशित भएसंगै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले मातहतका कर्मचारीलाई स्थानिय तहको कार्यालय स्थापना गरि सोही अनुसार सेवा प्रबाह गर्न निर्देशन समेत दिएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार काम सञ्चालन गर्न स्थानीय बिकास मन्त्रालयले आग्रह समेत गरेको हो । मन्त्रालयले नयाँ नगरपालिका र गाउपालिकामा कार्यकारी अधिकृत नखटाउदा सम्म सम्बन्धित गाबिस सचिब मध्येबाट जेष्ट कर्मचारीलाई निमित्त कार्यकारीको रुपमा काम गर्ने ब्यबस्था मिलाउन, सञ्चालन आदेशमा भए अनुसार स्थानीय तहको कोष ब्यबस्थापन र खाता सञ्चालनको ब्यबस्थापन गर्न निर्देशन समेत दिएको छ ।

नयाँ संरचना अनुसारको स्थानीय तह राजपत्रमा प्रकाशित भएपछि स्थानिय बिकास अधिकारीहरुलाई आफु कार्यरत रहेको जिल्ला नछोडन र बिदा तथा काज रहेको भएपनि यथाशिघ्र कार्यलयमा हाजिर हुन निर्देशन सरकारले गरेको छ । स्थानीय तहबाट सेवा प्रबाहलाई निरन्तरता दिनुपर्ने भएकाले नयाँ स्थानीय तहको कार्यान्वयन नहुँदा सम्म बिदा तथा काज स्वीकृत नहुने सरकारले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह