२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक–निजी साझेदारीको नीति कार्यान्वयनमा ल्याउनुपर्ने

२०७३, १ चैत्र मंगलवार ०९:१५

चैत १, काठमाडौँ । मुलुकमा सङ्घीयता लागू भएपछि विकास निर्माणका योजनालाई समन्वयात्मकरुमा अगाडि बढाउन सार्वजनिक– निजी साझेदारीको नीतिलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको साझेदारी सम्बन्धी नीतिबारे छलफलका सहभागीले निजी क्षेत्रको उद्यमशीलता र सीपलाई प्रयोग गरेर मुलुकको विकास गर्न सार्वजनिक– निजी साझेदारीको नीति कार्यान्वनको आवश्यकता औँल्याएका हुन् । 

सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती गर्ने आकांक्षा पूरा गर्ने सरकारी लक्ष्य पूरा गर्न सरकारी एवम् निजी क्षेत्रबाट रु १०० खर्बको लगानी गर्नुपर्ने भएकाले पनि साझेदारी सम्बन्धी नीतिलाई विशेष प्राथमिकता दिन लागिएको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आवदेखि लागू भएको चौधौँ त्रिवर्षीय योजनामा पनि निजी क्षेत्रको भूमिकालाई विशेष प्राथमिकता दिइएको र त्यसका लागि पनि सार्वजनिक साझेदारी विकासको मोडललाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

चौधौँ योजनाले ७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धि गर्न झन्डै रु २५ खर्बको लगानी आवश्यक हुने उल्लेख गरेको छ । उक्त लगानीमध्ये राज्यले ३९ प्रतिशत र बाँकी ६१ प्रतिशत निजी क्षेत्रबाट हुने अपेक्षा गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । 

निजी क्षेत्र विस्तार नभएसम्म विदेशी लगानीका लागि विश्वासिलो वातावरण नबन्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले मुलुकमा लगानी वृद्धि गरी आर्थिक समृद्धि गर्नका लागि सार्वजनिक–निजी साझेदारी नै उपयुक्त हुने बताउनुभयो । 

नीतिमा भएका कमी कमजोरीलाई परिमार्जन गर्ने र सार्वजनिक–निजी साझेदारी सम्बन्धी ऐनलाई पनि चाँडै ल्याइने विश्वास दिलाउँदै उहाँले निजी क्षेत्रको क्षमता अभिवृद्धि गरेर विकास कार्यक्रमलाई द्रूतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा सुनीलबाबु श्रेष्ठले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि सार्वजनिक–निजी साझेदारीसम्बन्धी नीतिको परिमार्जनसहित कार्यान्वयन आवश्यक भएको बताउनुभयो । 

अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले संविधानको कार्यान्वयन, मुलुकको आर्थिक विकास र सङ्घीयता कार्यान्वन गर्दाका अवस्थामा सार्वजनिक– निजी साझेदारी मोडन नै प्रभावकारी हुने धारणा व्यक्त गर्नुयभो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण