२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक–निजी साझेदारीको नीति कार्यान्वयनमा ल्याउनुपर्ने

१ चैत्र २०७३, मंगलवार ०९:१५

चैत १, काठमाडौँ । मुलुकमा सङ्घीयता लागू भएपछि विकास निर्माणका योजनालाई समन्वयात्मकरुमा अगाडि बढाउन सार्वजनिक– निजी साझेदारीको नीतिलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको साझेदारी सम्बन्धी नीतिबारे छलफलका सहभागीले निजी क्षेत्रको उद्यमशीलता र सीपलाई प्रयोग गरेर मुलुकको विकास गर्न सार्वजनिक– निजी साझेदारीको नीति कार्यान्वनको आवश्यकता औँल्याएका हुन् । 

सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती गर्ने आकांक्षा पूरा गर्ने सरकारी लक्ष्य पूरा गर्न सरकारी एवम् निजी क्षेत्रबाट रु १०० खर्बको लगानी गर्नुपर्ने भएकाले पनि साझेदारी सम्बन्धी नीतिलाई विशेष प्राथमिकता दिन लागिएको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आवदेखि लागू भएको चौधौँ त्रिवर्षीय योजनामा पनि निजी क्षेत्रको भूमिकालाई विशेष प्राथमिकता दिइएको र त्यसका लागि पनि सार्वजनिक साझेदारी विकासको मोडललाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

चौधौँ योजनाले ७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धि गर्न झन्डै रु २५ खर्बको लगानी आवश्यक हुने उल्लेख गरेको छ । उक्त लगानीमध्ये राज्यले ३९ प्रतिशत र बाँकी ६१ प्रतिशत निजी क्षेत्रबाट हुने अपेक्षा गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । 

निजी क्षेत्र विस्तार नभएसम्म विदेशी लगानीका लागि विश्वासिलो वातावरण नबन्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले मुलुकमा लगानी वृद्धि गरी आर्थिक समृद्धि गर्नका लागि सार्वजनिक–निजी साझेदारी नै उपयुक्त हुने बताउनुभयो । 

नीतिमा भएका कमी कमजोरीलाई परिमार्जन गर्ने र सार्वजनिक–निजी साझेदारी सम्बन्धी ऐनलाई पनि चाँडै ल्याइने विश्वास दिलाउँदै उहाँले निजी क्षेत्रको क्षमता अभिवृद्धि गरेर विकास कार्यक्रमलाई द्रूतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा सुनीलबाबु श्रेष्ठले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि सार्वजनिक–निजी साझेदारीसम्बन्धी नीतिको परिमार्जनसहित कार्यान्वयन आवश्यक भएको बताउनुभयो । 

अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले संविधानको कार्यान्वयन, मुलुकको आर्थिक विकास र सङ्घीयता कार्यान्वन गर्दाका अवस्थामा सार्वजनिक– निजी साझेदारी मोडन नै प्रभावकारी हुने धारणा व्यक्त गर्नुयभो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला