चैत ३, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । 

एमाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । 

एमाले"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र: ओली

३ चैत्र २०७३, बिहीबार १२:४२

चैत ३, धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । 

एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।” 

नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो¥याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको विचार व्यक्त गर्नुभयो । 

उहाँले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय एकता र समाजिक सद्भाव खलबलिन नदिन सबै चनाखो हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले सप्तरी जिल्लामा हत्याकाण्ड गराएर एमालेलाई बद्नाम गर्न चाहनहरु आफैँ बदनाम भएको बताउनुभयो । एमालेका अर्का उपाध्यक्ष भीमबहादुर रावलले तराई, पहाड र हिमालका जनताले एकता चाहेको उल्लेख गर्दै ‘जनतालाई टुटाउने र विभाजित गरेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र’ देशमा सफल हुन नदिइने बताउनुभयो । “एमालेले भारत, चीन, अमेरिका सबै देशसँग राम्रो सम्बन्ध चाहेको छ तर नेपालको स्वाधीनतालाई झुकाउने, बाह्य हस्तक्षेप निम्त्याउने कुरालाई अस्वीकार गर्छ, ” उहाँले भन्नुभयो । सभामा एमालेका नेता कर्ण थापा, प्रेम आले मगर, गरिमा शाह, नारदमुनि रानालगायतले पनि बोल्नुभएको थियो । 

सभामा नेकपा (माओवादी केन्द्र) डोटीका डम्बरबहादुर सिंहलगायत व्यक्ति एमालेमा प्रवेश गर्नुभएको थियो । स्थानीय बजारको मुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका थिए । गत फागुन २१ देखि पूर्वी नेपालबाट सुरु गरिएको सो अभियान आजै कञ्चनपुरमा पुगेर औपचारिक रुपमा समापन गर्न लागिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन