चैत ५, काठमाडौँ । नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् । 

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ५, काठमाडौँ । नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् । 

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद क"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-भारतबीच विश्वासको वातावरण भए विकास सम्भव

२०७३, ५ चैत्र शनिबार १३:०७


चैत ५, काठमाडौँ । नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् । 

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउन्डेसनले यहाँ आज आयोजना गरेको ‘नेपाल–भारत अन्तरसम्बन्ध र समग्र विकास सम्भावना’ विषयक अन्तक्र्रियाका वक्ताहरुले दुई देशको विकासका लागि दुई देशबीच विश्वासको खाँचो रहेको औँल्याएका हुन् । 

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारतबीच धेरै पुरानो सम्बन्ध रहेको भन्दै यसलाई निरन्तरता दिन दुई मुलुक नै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिजाबाबु प्रधानमन्त्री भएका बेलामा नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बलियो थियो, पछिल्लो समय विश्वासको वातावरण त्यति बलियो हुन सकेको छैन, दुई देशबीच विश्वासको वातावरण बनाउनु जरुरी छ ।” 

नेता पौडेलले गिरिजाबाबुको समयमा नेपाल–भारत सम्बन्ध सुमधुर भएका कारण नै मुलुक विकासको बाटोमा गएको बताउनुभयो । उहाँले नेपाल, भारत र चीनको परिवर्तनसँगै भए पनि नेपालमा व्यवस्थाको टुङ्गो लाग्न नसक्दा मुलुक पछाडि परेको उल्लेख गर्नुभयो । नेता पौडेलले हिंसामा मुछिएको मुलुकलाई शान्तिको बाटोमा ल्याउन गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

नेकपा (एमाले) का सांसद लालबाबु यादवले भारत र नेपालबीचको सम्बन्धमा धेरै समस्या रहेकाले समाधान नगरे दुवै देशलाई समस्या आउने बताउनुभयो । उहाँले गिरिजाप्रसाद कोइराला देश बुझेको देशभक्त नेता भन्दै उहाँको अभाव देशमा खड्किएको बताउनुभयो । 

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियाले प्रजातन्त्र, शान्ति र विकासमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुनसके विकासका कार्यक्रमले अझ गतिलिने बताउनुभयो । दुवै देशका नीति निर्माणकर्ताले विकासका प्राथमिकता निक्र्यौल गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत विनय कुमारले नेपाल र भारतको धर्म, वेषभूषा, रहनसहन लगायतका कुरा मिल्ने बताउँदै नेपाल–भारतको बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्धका कारण पछिल्ला वर्षमा धेरै विकास आयोजना अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, गिरिजाप्रसाद कोइरालाको समयमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मारेको थियो ।” 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध बहुक्षेत्रमा आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्पादनले भारतको बजार बनाउन सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै गिरिजाप्रसाद कोइरालाको पालामा नेपालले सबैभन्दा बढी आर्थिक वृद्धि हासिल गर्न सकेको तथ्य प्रस्तुत गर्नुभयो । 

फाउन्डेसनकी उपाध्यक्ष मेलानिया रोशा चौधरी, नेपाल विश्व सम्बन्ध परिषदका पूर्वअध्यक्ष डा राजेन्द्र श्रेष्ठ, पूर्वराजदूत डा सुरेश चालिसे लगायतले नेपाल–भारतबीचकोे सम्बन्ध प्रगाढ बनाएर विकासका सम्भावनालाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

सो अवसरमा कार्यक्रमका वक्तालाई फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले स्मृति चिह्न प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु