चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

२०७३, ९ चैत्र बुधबार ०७:४१

चैत ९, सोलुखुम्बु । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन । 

तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनुपर्ने वा स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै आएका तिंलावासीले स्थानीय निकाय कार्यान्वयनमा आउँदा तिंलालाई नेचासल्यान गाउँपालिकामा समेटेको भन्दै विरोध गरेका हुन् ।

गत आइतबार नेचासल्यान गाउँपालिकाको कार्यालय उद्घाटन तथा कार्य सुरु गर्न सदरमुकामबाट त्यसतर्फ गएको कर्मचारीको टोलीलाई तिंलावासीले बाटोबाटै नियन्त्रणमा लिई सदरमुकाम नै फिर्ता गरेपछि अहिले नेचसल्यान गाउँपालिकाको सबै काम ठप्प छ । 

तिंला गाविसवासीले सङ्घर्ष समिति गठन गर्दै साबिकको तिंला गाविसको भवनमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखी आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई दूधकुण्ड नगरपालिकामा समेट्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग पूरा नभए सशक्त आन्दोलन गर्ने सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले बताउनुभयो । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले आन्दोलनरत पक्षको माग स्थानीय विकास मन्त्रालयमा जानकारी गराइएको भन्दै नेचासल्यान गाउँपालिकामा चाँडै कर्मचारी पठाएर काम सुरु गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै