१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सोलुका स्थानीयले दिए र्यालीसहित प्रशासनमा धर्ना

११ चैत्र २०७३, शुक्रबार ०६:१३

चैत ११, सोलुखुम्बु । आफूहरुको चाहनाविपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै आन्दोलनरत सोलुखुम्बुको साविकको तिंला गाविसवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिविसमा धर्नासहित नाराबाजी गरेका छन् । 

गत शुक्रबार नै र्यालीसहित साबिकको तिंला गाविस परिक्रमा गरी गाविसको कार्यालयमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखेका स्थानीयवासीले बिहीबार बिहान ७ बजे सोही भवनको परिसरमा भेला भएर त्यहाँबाट नाराबाजी गर्दै करिब ४ घन्टामा सदरमुकाम आइपुगेका थिए । 

करिब नौसय ६० घरधुरी रहेको तिंलाबाट एक घर एक व्यक्ति अनिवार्य गरी करिब हजारको हाराहारीमा आन्दोलनकारी नाराबाजीसहित जिल्ला प्रशासन कार्यालयमा आइपुगेर एक घन्टा धर्ना दिई त्यसपछि जिल्ला समन्वय समितिको कार्यालयमा समेत धर्ना दिएका थिए । 

प्लेकार्डसहित नाराबाजी गरेका उनीहरुले ‘नेचासल्यान गाउँपालिका जाँदैनौँ’, ‘तिंलावासी एक हौँ’, ‘तिंला स्वायत्त गाउँपालिका घोषणा गर’ लगायत नारा लगाएका थिए । 

आफूहरुलाई सोलुदूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने मागसहित बिहीबार प्रशासन र जिल्ला समन्वय समितिको कार्यालय घेराउमा आएको सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले जानकारी दिनुभयो । बिहीबार सदरमुकाम आएर ¥याली र धर्ना दिएका उनीहरुले आजदेखि थप आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का