२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

२०७३, १२ चैत्र शनिबार ०३:२२

चैत १२, नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । 

जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुुसार निर्वाचनबाट आठ सय ९७ जनाको प्रतिनिधित्व रहने निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु कानुनी व्यवस्था छ । सोअनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १५ महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ । 

यस्तै हरेक वडाबाट दुई–दुई महिला गरी तीन सय ३२ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ । गाउँपालिकामा दुई दुई र नगरपालिकामा तीन तीन जना मनोनीत हुने निर्वाचन कार्यालयले जनाएको छ । मनोनीत हुनेमा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत जस्ता व्यक्ति हुनुपर्ने छ । 

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका एक सय ६६ वडामा कम्तीमा एउटा मतदानस्थल राखिएको छ । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आआफ्ना वडाका अध्यक्षसहित चार सदस्य गरी सात जनालाई मतदाताले मतदान गर्न पाउने छन् । 

महिलाको समान अधिकार पँहुच बनाउने उद्देश्यले यस्तो व्यवस्था भए पनि ग्रामीण क्षेत्र खास गरी जिल्लाको दक्षिणी क्षेत्रमा महिला उम्मेदवार सक्रिय नरहेको पाइएको छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ । 

कार्यालयले मतदाता नामावली केन्द्रमा पठाइसकेको तथा दुई सय ३६ मतदान स्थानमा करिब पाँच सय मतदान केन्द्र तोकेको छ । नगर, गाउँसभामा उठ्ने उम्मेदवार प्रतिनिधिका विषयमा पनि कार्यालयबाटै जानकारी दिने काम भएको छ । 

तोकिएका मतदानस्थल र केन्द्रमा सुरक्षाकर्मी र आवश्यक समाग्रीलगायतको व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा तीन लाख ७३ हजार नौ सय २६ मतदाता छन् । तीमध्ये आठ जना तेस्रो लिङ्गी मतदाता रहेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै