२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन सम्बन्धी गतिविधि बन्द गर्न माग

२०७३, १४ चैत्र सोमबार ०७:०७

दिनेश ठकुल्ला/चैत १४, धनगढी । संविधान र सीमांकनप्रति असन्तुष्ट मधेसवादी दल, थरुहट पक्ष, आदिवासी जनजातिले स्थानीय तहको निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएका छन् ।

आन्दोलनरत पक्षको माग पूरा नगरी घोषणा गरिएको निर्वाचनमा सहभागिता हुन नसक्ने भन्दै यी पक्षले निर्वाचनका गतिविधि अगाडि नबढाउन आग्रह गरेका छन् । आन्दोलन पक्षसंग राजनीतिक सम्झौता सहित संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने ती पार्टी तथा पक्षद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

सीमांकन हेरफेर लगायतको मुद्दालाई यथावत राखेर घोषणा गरिएको निर्वाचनको कुनै औचित्य नरहेकोले निर्वाचन सम्बन्धी गतिविधि अगाडि नबढाउन र अटेर गरेमा त्यसबाट उत्पन्न हुने परिस्थतिको जिम्मेवार स्वयम् आयोग हुने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा मार्फत समस्या समाधानका लागि छलफलको वातावरण बनाउन आग्रह गरिएको छ । 

थरुहट, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, दलित आदि आन्दोलनको क्रममा लगाइएको झुठा मुद्दा खारेजी, आममाफी, सहिद घोषणा, क्षतिपूर्ति लगायत सरकार आफैले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई टुंगो नलाइकन घोषणा गरिएको स्थानीय तहको निर्वाचनले मुलुकको वास्तविक समस्या समाधान गर्न नसक्ने विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै