१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन सम्बन्धी गतिविधि बन्द गर्न माग

१४ चैत्र २०७३, सोमबार ०७:०७

दिनेश ठकुल्ला/चैत १४, धनगढी । संविधान र सीमांकनप्रति असन्तुष्ट मधेसवादी दल, थरुहट पक्ष, आदिवासी जनजातिले स्थानीय तहको निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएका छन् ।

आन्दोलनरत पक्षको माग पूरा नगरी घोषणा गरिएको निर्वाचनमा सहभागिता हुन नसक्ने भन्दै यी पक्षले निर्वाचनका गतिविधि अगाडि नबढाउन आग्रह गरेका छन् । आन्दोलन पक्षसंग राजनीतिक सम्झौता सहित संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने ती पार्टी तथा पक्षद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

सीमांकन हेरफेर लगायतको मुद्दालाई यथावत राखेर घोषणा गरिएको निर्वाचनको कुनै औचित्य नरहेकोले निर्वाचन सम्बन्धी गतिविधि अगाडि नबढाउन र अटेर गरेमा त्यसबाट उत्पन्न हुने परिस्थतिको जिम्मेवार स्वयम् आयोग हुने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा मार्फत समस्या समाधानका लागि छलफलको वातावरण बनाउन आग्रह गरिएको छ । 

थरुहट, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, दलित आदि आन्दोलनको क्रममा लगाइएको झुठा मुद्दा खारेजी, आममाफी, सहिद घोषणा, क्षतिपूर्ति लगायत सरकार आफैले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई टुंगो नलाइकन घोषणा गरिएको स्थानीय तहको निर्वाचनले मुलुकको वास्तविक समस्या समाधान गर्न नसक्ने विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का