कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मे"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माओवादी केन्द्र तमानखोला–१ र २ को संयुक्त वडा सम्मेलन

१७ चैत्र २०७३, बिहीबार ०२:३४


कृष्ण कँडेल/चैत १७, बागलुङ ।  नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा भएको छ । 

सम्मेलनले दुवै वडामा छुट्टाछुट्टै २५ सदस्यीय वडा समिति गठन गरेको छ । वडा नम्बर–१ मा मोतिप्रसाद गोतामेको अध्यक्षतामा गाउँपालिका स्तरिय समिति गठन गरिएको हो । उपाध्यक्षमा नरबहादुर रसाईली, सचिब तारा राम्जाली, कोषाध्यक्ष हिरा गोतामे र सहकोषाध्यक्ष मोतिलाल घर्ती रहनुभएको छ । 

नरबहादुर बुढाको संयोजकत्वमा थमबहादुर रोका, पुर्ण रसाईली र चन्द्र रसाईली रहेको सल्लाहकार समिति गठन भएको छ । त्यस्तै वडा नम्बर–२ मा झकप्रसाद विकको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । उपाध्यक्षमा टेकबहादुर रसाईली, सचिब योगेन्द्र घर्ती र कोषाध्यक्ष गौमायाँ घर्ती रहनुभएको छ । 


मिनबहादुर घर्तीको संयोजकत्वमा नरबहादुर रसाईली र शुशिल विक सदस्य रहनुभएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश घर्तीले माओवादी आन्दोलनमा पछाडि परेको बर्ग समुदायमा राजनितिक जागरण ल्याएको भन्दै त्यसैको उपज अहिलेको समाबेशि प्रतिनिधित्वको सुनिष्चितता रहेको बताउनुभयो । उहाँले परिबर्तनका मुद्धालाई संस्थागत गर्दै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लैजान माओवादी कै नेतृत्व अबश्यक रहेकोमा जोड दिनुभयो । 


कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईञ्चार्ज सुर्य सिरपाली, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका ईञ्चार्ज राजेन्द्र कुँवर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्याल र नरबहादुर बुढाले माओवादीले उठाएका मुद्धा राष्ट्रिय राजनितिमा स्थापित भएको भन्दै त्यसको कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आबश्यक रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ