२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनयुद्धका नाममा प्रचण्डले गलत गर्दै व्यक्तिगत फाईदा लिए’

२०७३, १७ चैत्र बिहीबार ११:२४

चैत १७, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुवास पुनले अहिलेका प्रधानमन्त्रीले गल्तीगर्दै जनयुद्धका नाममा धेरै पटक फाईदा लिएको आरोप लगाएका छन । 

जनयुद्ध गर्छु भन्दै, गर्दै, भ्रममा पार्दै व्यक्तिगत फाईदा लिएका प्रचण्डले अहिले विप्लवले जनयुद्ध गर्दैछन भनेर प्रधानमन्त्री बनेर फाईदा लिएको राप्ती व्युरो ईन्चार्ज समेत रहेका सुवासले आरोप लगाएका हुन । 

सल्यान पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको स्थानिय निकायको चुनावलाई कथित भएकोले यो निर्वाचनले प्रचण्डलाई सिध्याउने बताएका हुन । विचारलाई जनताका लागि सरल बनाउदै कम्युनिष्ट पार्टीको महाधिवेशनले एकीकृत क्रान्तिको विकास गरेको भन्दै सुवासले स्थानिय चुनाबलाई खारेज गर्नेगरी पार्टी लाग्ने बताएका छन ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य शितलले नेपालमा संसदवादी र क्रान्तिकारी २ शक्ति भएको भन्दै आफ्नो पार्टीका कार्यकर्ताहरूलाई चुनावी मोहमा नडुबेर अस्तित्व जोगाउदै चुनाव खारेज गर्न आग्रह गरेका छन । उनले कार्यकर्तालाई यो चुनावलाई जीवन मरणको सवाल नभएपनि जटिल र महत्वपूर्ण संघर्ष मानेर खारेज गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज समेत रहेका पुर्व सेक्रेटेरी डिल्लीराज शर्माले निर्देशनात्मक मन्तव्य राख्दै चैत २४ देखि असार ५ सम्म हुने एकीकत जनजागरण तथा प्रतिरोध अभियानलाई सफल पार्न सबै जिल्ला सदस्यलाई व्यक्तिगत काम छाडेर लाग्न भनेका थिए ।

 जिल्ला सेक्रेटरी लोकपाल केसीको अध्यक्षतामा भएको बैठकले स्थानिय चुनावलाई कथित भन्दै प्रतिरोध सहित पुर्ण रूपमा बहिस्कार र खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले निर्वाचनको प्रचार प्रसारमा लाग्ने सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई नगर्न भन्दै त्यस्तो पाईएमा कार्वाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै