लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि "/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगारीका कारण म्यादीमा आर्कषण

१७ चैत्र २०७३, बिहीबार १६:३६

लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेसंगै जिल्ला प्रहरी कार्यालय दार्चुलामामा बेरोजगारीबाट पिडित बनेका युवाहरुको भिड लागेको हो । गत चैत्र १३ गतेबाट दर्खास्त खुला गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरीमा दरखास्त पेश गर्ने अन्तीम दिन बिहिबारसम्म १४ सय ४७ दरखास्त परेको छ । 

दरखास्त दिन माद्यमीक तहको पढाइ गरीरहेका बिद्यार्थीहरुदेखी क्याम्पसमा पढ्ने बिद्यार्थीहरु र बृद्ध देखी महिलासम्म सबैको उल्लासपुर्ण सहभागीता देखीन्छ । दरखास्त दिनेहरुमा १३ सय ५५ पुरुष र ९२ जना महिलाको दरखास्त परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा स्थानीय तह निर्वाचनको लागि ३ सय ६५ बढी म्यादी प्रहरी आवश्यक हुने आकलन गरीएको छ । तर खंख्या एकिन हुन नसकेको जिल्ल प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभयो । शुक्रबार सम्पर्क मिति राखीएको र आबेदक हरुलाइ शुक्रबार नै छनोट समय र प्रकृर्याको बारेमा जानकारी गराइने उहाको भनाइ छ ।

दरखास्त दिनेहरुमध्ये अधिकासंले बेरोजगारीका कारण छोटो समयको लागी भएपनि म्यादिमा आबेदन दिएको प्रतिक्रिर्या दिएका छन ।  

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै म्यादी प्रहरीमा भर्ना आव्हान गरिएपछि अनपेच्छित तवरले आवेदन दिने बढेका हुन् । एकातीर बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवालाई म्यादी प्रहरी भर्ना खुले संगै केही राहत त मिलेको छ तर अर्कोतीर भने ७५ दिनको जागीर सकियो भने के गर्ने भन्ने चिन्ता पनी बढेको छ । सरकारले आफ्नै देशमा रोजगारीको व्यवस्थापन गर्न नसक्दा ७५ दिनको जागीर खान पनि यत्तीको तछाडमछाड भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता