लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि "/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगारीका कारण म्यादीमा आर्कषण

२०७३, १७ चैत्र बिहीबार १६:३६

लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवाहरु अहिले म्यादी प्रहरीमा भर्ना हुन तछाडमछाड गरिरहेका छन । सरकारले निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेसंगै जिल्ला प्रहरी कार्यालय दार्चुलामामा बेरोजगारीबाट पिडित बनेका युवाहरुको भिड लागेको हो । गत चैत्र १३ गतेबाट दर्खास्त खुला गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरीमा दरखास्त पेश गर्ने अन्तीम दिन बिहिबारसम्म १४ सय ४७ दरखास्त परेको छ । 

दरखास्त दिन माद्यमीक तहको पढाइ गरीरहेका बिद्यार्थीहरुदेखी क्याम्पसमा पढ्ने बिद्यार्थीहरु र बृद्ध देखी महिलासम्म सबैको उल्लासपुर्ण सहभागीता देखीन्छ । दरखास्त दिनेहरुमा १३ सय ५५ पुरुष र ९२ जना महिलाको दरखास्त परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा स्थानीय तह निर्वाचनको लागि ३ सय ६५ बढी म्यादी प्रहरी आवश्यक हुने आकलन गरीएको छ । तर खंख्या एकिन हुन नसकेको जिल्ल प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभयो । शुक्रबार सम्पर्क मिति राखीएको र आबेदक हरुलाइ शुक्रबार नै छनोट समय र प्रकृर्याको बारेमा जानकारी गराइने उहाको भनाइ छ ।

दरखास्त दिनेहरुमध्ये अधिकासंले बेरोजगारीका कारण छोटो समयको लागी भएपनि म्यादिमा आबेदन दिएको प्रतिक्रिर्या दिएका छन ।  

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै म्यादी प्रहरीमा भर्ना आव्हान गरिएपछि अनपेच्छित तवरले आवेदन दिने बढेका हुन् । एकातीर बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवालाई म्यादी प्रहरी भर्ना खुले संगै केही राहत त मिलेको छ तर अर्कोतीर भने ७५ दिनको जागीर सकियो भने के गर्ने भन्ने चिन्ता पनी बढेको छ । सरकारले आफ्नै देशमा रोजगारीको व्यवस्थापन गर्न नसक्दा ७५ दिनको जागीर खान पनि यत्तीको तछाडमछाड भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह