२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले बनायो गौतमको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति

२१ चैत्र २०७३, सोमबार ११:०४


चैत २१, काठमाडौँ । नेकपा (एमाले)ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । 

सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको सो समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ र केन्द्रीय सदस्यहरु डा पुष्प कँडेल, लालबाबु पण्डित, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहनुभएको छ । 

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न सो बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिसमेत गठन गरेको छ । 

सो समितिमा सचिवहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, नेताहरु सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहनुभएको छ । 

एक निर्वाचन: एक उम्मेदवार 

बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले २०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले २०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ । पार्टी स्थायी समितिले २०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

संविधानअनुरुप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ । 

एमालेले स्थानीय निर्वाचनको सम्पूर्ण तयारीका लागि केन्द्रीय कमिटीको बैठक आउँदो वैशाख ३ गते आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ