चैत २१, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आइतबार व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रि«य सम्बन्ध तथा श्रम समितिले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २१, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आइतबार व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रि«य सम्बन्ध तथा श्रम समितिले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएक"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समितिको आरोप प्रमाणित गर्न परराष्ट्रमन्त्रीको चुनौती

२०७३, २१ चैत्र सोमबार १२:३४

चैत २१, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आइतबार व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रि«य सम्बन्ध तथा श्रम समितिले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाइएको विषयलाई व्यक्तिगत रुपमा आफूलाई लक्ष्य गरी समितिले आरोप लगाएर निर्णय गरेको बताउनुभयो । 

“समिति बैठकमा बोल्ने सांसदले पनि निर्णय गरेजस्तो गरी बैठकमा बोलेका छैनन्, ‘घरेलु कामदार पठाउने निर्देशिका २०७२’ सुशील कोइराला प्रधानमन्त्री भएका बेला ल्याइएको, केपी ओली प्रधानमन्त्री हुँदा संशोधन गरिएको थियो, यसलाई मैले कार्यान्वयन गराउन खोजेको हुँ”–उहाँले भन्नुभयो । 

आइतबार बसेको समिति बैठकले खाडी मुलुकमा महिला तस्करीबारे त्यहाँको नियोगले दिएको सुझाव विपरीत ‘घरेलु कामदार पठाउने निर्देशिका २०७२’ कार्यान्वयन गराउन दबाब दिएकाले परराष्ट्रमन्त्रीलगायत निर्णय प्रक्रियामा संलग्न पदाधिकारीमाथि छानबिन गर्न निर्देशन दिएको थियो । 

नेपालबाट अवैध रुपमा गएका मानिस विदेशस्थित नियोगले वैध बनाइनु हुन्न भन्ने निर्देशिकाको मान्यतामा लाग्दा आफूमाथि एकपक्षीय रुपमा समिति लागेको उहाँले बताउनुभयो । “समितिको आइतबारको निर्णयले राम्रो काम गर्नुहुन्न, नेटवर्कमा संलग्न भएर काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ”– मन्त्री महतले भन्नुभयो । 

विदेशमा गई श्रम गर्नेलाई कानुनी दायरामा ल्याउन खोज्दा कसको टाउको किन दुखेको हो खोजीको विषय बनेको उहाँको भनाइ थियो । समितिमा ५० जना सांसद भए पनि निर्णयको विषय धेरैले थाहा नपाएको आफूलाई बताएको उहाँले सुनाउनुभयो । 

सांसदको उपस्थितिका आधारमा विषयवस्तुलाई निर्णयार्थ प्रस्तुन नगरी निर्णय गरिएको समितिका सांसदले आफूसँग बताएको मन्त्री महतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन