२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८ सय ६५ मतदाताले भोट हाल्न पाउने

२२ चैत्र २०७३, मंगलवार ०७:५३

चैत २२, कैलाली । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् ।

प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ।

जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिकारबाट वञ्चित हुनेसमेत देखिएको आयोगले जनाएको छ।

कैलालीमा एक लाख ९८ हजार ८ ८७ पुरुष, दुई लाख पाँच हजार ३ ८६ महिला र सात तेस्रोलिङ्गी गरी जम्मा चार लाख तीन हजार २८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

कञ्चनपुरमा एक लाख १५ हजार ४ २२ पुरुष, एक लाख २० हजार ३ १२ महिला र एक तेस्रोलिङ्गी गरी दुई लाख ३५ हजार ७३६ जना मतदाता पुगेका छन् भने डडेल्धुरामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता पुगेका छन्।

बैतडीमा ६० हजार २२७ पुरुष, ६४ हजार ५९६ महिला र एक तेस्रोलिङ्गी गरी एक लाख २४ हजार ८२४ जना, डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७८९ महिला गरी एक लाख ८८७, दार्चुलामा ३६ हजार ६४१ पुरुष र ३६ हजार २६५ महिला गरी ७२ हजार ९०६ जना, अछाममा ६० हजार ४४१ पुरुष र ६७ हजार २९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा एक लाख २७ हजार ७२४ जना, बझाङमा ४७ हजार ८८८ पुरुष ४९ हजार ७२१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार ६१० जना र बाजुरामा ३२ हजार ५२१ पुरुष, ३२ हजार ४२७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार ९५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ