२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय चुनावमा यसरि होमिँदैछ माओवादी केन्द्र

२०७३, २२ चैत्र मंगलवार ०९:१२

रमेश लम्साल/चैत २२, काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ । 

माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको छ । 

पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार निर्वाचनलाई केन्द्रित गरेर जिल्ला तहमा निर्वाचनका कार्यक्रम अगाडि बढाइएका छन् । स्थानीय आवश्यकताका आधारमा कार्यक्रम अगाडि बढाइएको र आगामी वैशाखको पहिलो साताभित्र उम्मेदवारको टुङ्गो लगाइने छ । 

पार्टीका केन्द्रीय कार्यालय सदस्य देव गुरुङको संयोजत्वमा रहेको समितिले निर्वाचन घोषणापत्र तयार पारेर स्थानीय तहमा पठाएको र प्राप्त सुझावका आधारमा परिमार्जन गरेर केही दिनभित्रै सार्वजनिक गर्ने तयारी माओवादी केन्द्रले गरेको छ । 

संविधानसभाबाट संविधान जारी गरेको र सिंहदरबारको अधिकारलाई गाउँसम्म पु¥याउनका लागि आफ्नो पार्टीले नै विशेष पहल गरेको भन्दै माओवादी केन्द्रले सोही एजेन्डालाई नै जनताको माझमा लैजाने तयारी गरेको सो पार्टीका नेता मणि थापाको भनाइ छ । 

नेता थापाले मुलुक माओवादीको एजेन्डामा अगाडि बढेका कारण आफूहरुले आफ्नै एजेन्डालाई नै जनताको माझमा लैजाने र मत माग्ने उल्लेख गर्नुभयो । विभिन्न जिल्लामा पार्टीको गाउँ सम्मेलन, जनवर्गीय सङ्गठनको सम्मेलन तथा उम्मेदवार चयनको काम जारी छ । प्रदेशस्तरमा प्रदेश इन्चार्जले नै आमसभा, जनसभा गर्ने गरी कार्यक्रम तोकिएका छन् भने केन्द्रीयस्तरबाट ठूला आमसभा आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा कुनै निर्णय गरिएको छैन । 

‘‘स्थानीय माग र आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको छ । ठूला कार्यक्रमभन्दा पनि स्थानीय विषय र प्राथमिकता नै हाम्रो पार्टीको प्रमुख एजेन्डा हो । यद्यपि स्थानीय तहबाट आउने मागका आधारमा ठूला कार्यक्रम पनि हुन सक्छन्’’ – प्रवक्ता भुसालको भनाइ छ । 

आगामी वैशाख १६ गते मनोनयनपत्र दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार माओवादी केन्द्रले उम्मेदवार छनोटको तयारी तीव्र पारेको जनाएको छ । माओवादीले अहिलेसम्म चारवटा नगरपालिकाको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । केही ठाउँमा उम्मेदवार छान्ने क्रमलाई समेत अन्तिम रुप दिएको छ । 

उम्मेदवार छनोटका लागि माओवादीले बनाएको कार्यविधिअनुसार उम्मेदवारका लागि सम्बन्धित समितिले मतदाता नामावलीमा नाम समावेश भएका प्रमाणसहित माथिल्लो कमिटीमा पठाउनुपर्नेछ । 

त्यस्तै नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाको लागि सम्बन्धित प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्नेछ भने महानगरपालिकाका लागि पार्टी केन्द्रले नै उम्मेदवारको टुङ्गो लगाउने कार्यविधिमा उल्लेख छ । 

माओवादीले हेटौँडा उपमहानगरपालिकाको मेयरमा केन्द्रीय सदस्य बलराम बल र उपमेयरमा कमला पौडेललाई चयन गरेको छ । यस्तै विराटनगर उपमहानगरपालिको मेयरमा केन्द्रीय सदस्य भोगेन्द्र यादव र उपमेयरमा नगर अध्यक्ष नमिता न्यौपाने, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्मालाई उम्मेदवार बनाइसकेको छ । 

अन्य जिल्लाको समेत केही दिनभित्रै उम्मेदवारको नाम सार्वजनिक गरिने जानकारी दिँदै माओवादी केन्द्रले आफूहरु निर्वाचनमा पूर्णरुपमा होमिएको जनाएको छ । स्थायी समिति सदस्य पुष्पविक्रम मल्लका अनुसार गाउँ गाउँमा चुनावी माहोल बन्दै गएको र मतदाता पनि लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उत्सुक छन् । आफूहरुले जनतालाई नै केन्द्रमा राखेर निर्वाचन अभियान अगाडि बढाएको र उत्साह बढ्दै गएको नेता मल्लले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार