चैत २२ सल्यान

सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२ सल्यान

सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुल"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नतिजा प्रकाशन नगरेको भन्दै सल्यानमा म्यादीले गरे आन्दोलन

२२ चैत्र २०७३, मंगलवार १०:३५


खकेन्द्र केसी/चैत २२, सल्यान  सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुले  हिजो १२ बजे सम्म नतिजा दिन्छु भनेर आज पनि नदिएको भन्दै विरोध गरेको बताएका छन् । म्यादी प्रहरीमा घुसपीस नगर । यदि गर्छस भने म्यादी प्रहरी नै खारेज गर लगाएतका नाराहरु लगाएका युवाहरुले दिउँसोको तातो घाममा पनि आन्दोलनमा चर्किएका हुन । 


अन्दोलन गर्ने मध्यका एक जना राजेन्द्र बोहरा नाम गरेका युवाले भने ̒भित्री तवरले यहाँ पनि घुसपसि चल्दै छ । नत्र हिजो आउने भनेको नतिजा आज सम्मा किन आएना यदी यसो भयो भने म्यादी प्रहरी नै हामीले खारेज गर्छाैै’ उनले भने । गरिब देशको गरिब छोराछोरी भएको र दुई महिनको रोजगारको लागी यहाँ सम्म आएको तर यो रोजगारको लागी पनि घुसपिस चल्छ भने हाम्रो देशको हालत के होला, सल्यान जिल्लाको हालत के होला भनेर युवाहरुले दुखेसो समेत पोखेका थिए । 


जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको आन्दोलनलाई बिचमा भने पुलीसले रोक्न खोजेको थियो तर युवाहरुको जोसका कारण आन्दोलन रोकिएन । प्रशासन अगाडी पुगेकोे अन्दोलनलाई समंबन्धीत निकायले समंबोधन वा सुनाइ नगरेर आन्दोलनकर्ता मध्यका ५ जनालाई प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार गोप्पे कोठामा लगेर छलफल गरिएको थियो ।


विभिन्न संचार माध्याम बाट गएका पत्रकारहरुलाई पनि छलफल कोठा भित्र जान रोक लगाएको थियो । पत्रकारहरुले अहिले सम्मा नतिजा किन प्रकाशन भएन भित्र के कुरा हुदै छ । हामी पनि जान्छौ भन्दा ।  जान दिने मन हाम्रो पनि थियो तर के गर्नु माथिबाट भित्र प्रवेश गर्न नदिने आदेश आएको छ भनेर प्रहरीले जान मिल्दैन भनेका थिए ।

छलफल सकिए पछि भित्र गएका ५ जना युवाहरुलाई घर पठाएको थियो भने प्रशासनले संचारकर्मीहरुलाई अहिले सम्म केहि कुराको जानकारी पनि दिएको छैन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ