चैत २२, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ । 

गृह मन्त्राल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ । 

गृह मन्त्राल"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री निधि र बेलायती राजदूतबीच भेटवार्ता

२०७३, २२ चैत्र मंगलवार १२:४२


चैत २२, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ । 

गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । 

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक बन्दोबस्ती सहयोगका लागि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो । 

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । सो अवसरमा राजदूत रिचार्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन