६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी केन्द्र पोले १९ को संयोजकमा अधिकारी

२२ चैत्र २०७३, मंगलवार १४:२५

कमल सुबेदी |चैत २२, पोखरा |नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगरपालीका १९ को संयोजकमा नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् ।नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका १९ को प्रथम ऐतिहासिक वडा सम्मेलन बाट अधिकारीको संयोजकत्वमा २५ सदस्यीय वडा समिति  गठन  भएको छ । 

समितिको उपाध्यक्षमा सबिन जिसी ,सचिवमा निर्मल प्रसाद बास्तोला, सह सचिवमा दर्शन पौडेल ,कोषाध्यक्षमा सिता भुजेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अम्बिका ढुंगाना,सुमित्रा जिसी,बसन्त कुमार बास्तोला,नरेश कुमार श्रेष्ठ ,हरि बहादुर परियार,शंकर बास्तोला,बिष्नुहरि बास्तोला,राम्जी केसी,प्रदिपराज बास्तोला,बिष्णु प्रसाद बास्तोला,भिम सुनार,टिकाराम पौडेल,निलकन्ठ आचार्य रहेका  छन । कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र्रका पोलिटब्युरो सद्स्य तथा   कास्की जिल्ला संयोजक दिपक कोइरालाले चुनाव जस्तोसुकै हालतमा पनि हने भएकोले कार्यकर्तालाइ गाउ गाउमा परिचालन हुन आग्रह गरे । 

देश माओबादी एजेन्डाबाट चलेको र नया ढंगबाट अघि बढिसकेको बताउदै कोइरालाले जनयुद्धको सपना अब पुरा हुने बताए । राजधानी केन्द्रित बिकाश अब गाउ केन्द्रित हुने भएकोले अबको केहि बर्षमा गाउहरु परिर्बतन हुने बताए । तमु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष एवं नेकपा माओबादी केन्द्र्रका पोलिट ब्युरो सदस्य बखान सिंह तमुले निर्बाचनले जनताको अधिकार रक्षा गर्ने भएकोले निर्बाचन नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।कार्यक्रममा नेकपा माओबादी केन्दका पोलिट ब्युरो सदस्य बालकृष्ण काउछा मगर,अखिल क्रान्तिकारी प्रदेश ४का सह संयोजक विपिन आचार्य,दलित मुक्ति मोर्चा प्रदेश ४का संयोजक भिम बिक,स्वरोजगार निर्माण ब्यवसायी संगठनका उपमहा सचिव रमेश सिके ,राष्ट्रिय प्रध्यापक संघका केन्द्रिय सदस्य गोबिन्द प्रसाद बास्तोला  लगायतले नबनिर्वाचित समितिलाइ शुभकामना दिएका थिए ।  नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका वडा सम्मेलन आयोजक समितिका संयोजक नेत्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन  सचिव निर्मल प्रसाद बास्तोलाले गरेका थिए । वडा सम्मेलन बाट २५ सदस्य गठन भएकोमा  बांकी रहेको ७  सदस्य पछि मनोनयन गर्ने सचिव निर्मल प्रसाद बास्तोलाले जानाकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता