२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी केन्द्र पोले १९ को संयोजकमा अधिकारी

२०७३, २२ चैत्र मंगलवार १४:२५

कमल सुबेदी |चैत २२, पोखरा |नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगरपालीका १९ को संयोजकमा नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् ।नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका १९ को प्रथम ऐतिहासिक वडा सम्मेलन बाट अधिकारीको संयोजकत्वमा २५ सदस्यीय वडा समिति  गठन  भएको छ । 

समितिको उपाध्यक्षमा सबिन जिसी ,सचिवमा निर्मल प्रसाद बास्तोला, सह सचिवमा दर्शन पौडेल ,कोषाध्यक्षमा सिता भुजेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अम्बिका ढुंगाना,सुमित्रा जिसी,बसन्त कुमार बास्तोला,नरेश कुमार श्रेष्ठ ,हरि बहादुर परियार,शंकर बास्तोला,बिष्नुहरि बास्तोला,राम्जी केसी,प्रदिपराज बास्तोला,बिष्णु प्रसाद बास्तोला,भिम सुनार,टिकाराम पौडेल,निलकन्ठ आचार्य रहेका  छन । कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्र्रका पोलिटब्युरो सद्स्य तथा   कास्की जिल्ला संयोजक दिपक कोइरालाले चुनाव जस्तोसुकै हालतमा पनि हने भएकोले कार्यकर्तालाइ गाउ गाउमा परिचालन हुन आग्रह गरे । 

देश माओबादी एजेन्डाबाट चलेको र नया ढंगबाट अघि बढिसकेको बताउदै कोइरालाले जनयुद्धको सपना अब पुरा हुने बताए । राजधानी केन्द्रित बिकाश अब गाउ केन्द्रित हुने भएकोले अबको केहि बर्षमा गाउहरु परिर्बतन हुने बताए । तमु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष एवं नेकपा माओबादी केन्द्र्रका पोलिट ब्युरो सदस्य बखान सिंह तमुले निर्बाचनले जनताको अधिकार रक्षा गर्ने भएकोले निर्बाचन नै अहिलेको आवश्यकता भएकोमा जोड दिए ।कार्यक्रममा नेकपा माओबादी केन्दका पोलिट ब्युरो सदस्य बालकृष्ण काउछा मगर,अखिल क्रान्तिकारी प्रदेश ४का सह संयोजक विपिन आचार्य,दलित मुक्ति मोर्चा प्रदेश ४का संयोजक भिम बिक,स्वरोजगार निर्माण ब्यवसायी संगठनका उपमहा सचिव रमेश सिके ,राष्ट्रिय प्रध्यापक संघका केन्द्रिय सदस्य गोबिन्द प्रसाद बास्तोला  लगायतले नबनिर्वाचित समितिलाइ शुभकामना दिएका थिए ।  नेकपा माओबादी केन्द्र पोखरा लेखनाथ महानगर पालीका वडा सम्मेलन आयोजक समितिका संयोजक नेत्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन  सचिव निर्मल प्रसाद बास्तोलाले गरेका थिए । वडा सम्मेलन बाट २५ सदस्य गठन भएकोमा  बांकी रहेको ७  सदस्य पछि मनोनयन गर्ने सचिव निर्मल प्रसाद बास्तोलाले जानाकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन