चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो (को को परे ?)

२०७३, २३ चैत्र बुधबार ०५:११

चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कँुवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिनुभयो । 

यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उहाँले भन्नुभयो “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।” 

नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताउनुभयो । 

पार्टीमा उम्मेदवारका आकांक्षी धेरै छन् उनीहरुमध्ये उत्कृष्टको खोजी भइरहेको उहाँले बताउनुभयो । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले बताउनुभयो । 

गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । त्यहाँ सहमति हुन नसकेमात्रै हामी जिल्ला कार्यसमितिमा पठाउँछौँ, उहाँले भन्नुभयो । 

यस्तै, नेकपा (एमाले)ले पनि जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । “जिल्लाका सबै ठाउँमा हामीले भेला गरिरहेका र पार्टीमा पु¥याएको योगदान, स्थानीयको चाहनालगायतका विषयलाई ध्यान दिएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला सचिव लिलाधर भट्टले बताउनुभयो । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ । 

“गाउँपालिका तथा नगरपालिकामा नेतृत्वका लागि आकांक्षीको नामावली चैत मसान्तभित्र पठाउन भनेका छौँ । वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउँछौँ ।” राप्रपाका प्रदेश नम्बर ७ का संयोजक पुष्करराज जोशी (लख्खाभाइ) ले भन्नुभयो । 

ठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् । 

बैतडीमा स्थानीय तहको निर्वाचनमा सम्भावित उम्मेदवार खोज्नका लागि राजनीतिक दल गाउँगाउँमा पसेका छन् । स्थानीय तहको निर्वाचनका लागि आफ्नो दलको तर्फबाट कसलाई टिकट दिँदा उपयुक्त हुन्छ त्यसका लागि अध्ययन गर्न दल गाउँगाउँ पुगेका हुन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार