चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो (को को परे ?)

२३ चैत्र २०७३, बुधबार ०५:११

चैत २३, बैतडी | नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कँुवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिनुभयो । 

यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उहाँले भन्नुभयो “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।” 

नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताउनुभयो । 

पार्टीमा उम्मेदवारका आकांक्षी धेरै छन् उनीहरुमध्ये उत्कृष्टको खोजी भइरहेको उहाँले बताउनुभयो । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले बताउनुभयो । 

गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । त्यहाँ सहमति हुन नसकेमात्रै हामी जिल्ला कार्यसमितिमा पठाउँछौँ, उहाँले भन्नुभयो । 

यस्तै, नेकपा (एमाले)ले पनि जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । “जिल्लाका सबै ठाउँमा हामीले भेला गरिरहेका र पार्टीमा पु¥याएको योगदान, स्थानीयको चाहनालगायतका विषयलाई ध्यान दिएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला सचिव लिलाधर भट्टले बताउनुभयो । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ । 

“गाउँपालिका तथा नगरपालिकामा नेतृत्वका लागि आकांक्षीको नामावली चैत मसान्तभित्र पठाउन भनेका छौँ । वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउँछौँ ।” राप्रपाका प्रदेश नम्बर ७ का संयोजक पुष्करराज जोशी (लख्खाभाइ) ले भन्नुभयो । 

ठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् । 

बैतडीमा स्थानीय तहको निर्वाचनमा सम्भावित उम्मेदवार खोज्नका लागि राजनीतिक दल गाउँगाउँमा पसेका छन् । स्थानीय तहको निर्वाचनका लागि आफ्नो दलको तर्फबाट कसलाई टिकट दिँदा उपयुक्त हुन्छ त्यसका लागि अध्ययन गर्न दल गाउँगाउँ पुगेका हुन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ