२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

२०७३, २३ चैत्र बुधबार ०६:१३

प्रकाश सिलवाल/चैत २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । 

संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन हुँदै समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउँदै आएको सो दलले केन्द्रीयस्तरमा उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ । यी दुवै समितिको बैठक र समन्वयका काम नियमित र दैनिक हुन थालेका छन् । यी समितिले पनि उपसमूह बनाएर फरकफरक कामको जिम्मेवारी दिइएको छ । 

निर्वाचनको घोषणा हुनुपूर्व नै तय गरेका आधारमा सो पार्टीले संविधान कार्यान्वयन, निर्वाचन, राष्ट्रियता र सामाजिक सद्भावका लागि गत फागुन २१ देखि यही चैत ५ गतेसम्म आयोजना गरेको मेची–महाकाली अभियानपछि कार्यकर्तामा उत्साह थपिएको र यसले निर्वाचनको माहोल थपिदिएको उसको ठम्याइ छ । 

त्यसयता तीनपटक स्थायी कमिटीको बैठक गरी स्थानीय निर्वाचनमा उम्मेदवारको मापदण्डलगायत अन्य निर्णय र निर्देशन दिएको एमालेले सो अभियानका क्रममा जनसभा हुन नसकेको प्रदेश नं २ का जिल्लाका कार्यकर्ताको भेला महोत्तरीको बर्दिवासमा सम्पन्न पनि गरेको छ भने अन्य जिल्लामा पनि सभा र भेला तथा पार्टी प्रवेशका कार्यक्रमलाई निरन्तरता दिएको छ । 

राष्ट्रियताका सवालमा हाल अन्य दलभन्दा सशक्त आवाज उठाएकाले जनताले स्थानीय निर्वाचनमा विजयी गराउने र पार्टीको घोषणापत्रमा पनि राष्ट्र, राष्ट्रियता, स्वाभिमान र समृद्धिलाई मुख्य प्राथमिकता दिने सो पार्टीका सचिव एवम् घोषणापत्र मस्यौदा समितिका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो । 

यसअघि एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा समाजका विभिन्न क्षेत्रका विज्ञसँग २५ वर्षे समृद्धिको खाकाबारे सुझाव लिएको थियो भने काठमाडौँ जिल्लामा नवप्रवेशीको शपथ र कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ । 

पार्टी नेतृत्वको विगतको सरकारले अघि सारेका लोकप्रिय एवम् सामाजिक बजेट, नीति र कार्यक्रमलाई गाउँतहसम्म प्रचार गर्ने एमालेको तयारी देखिन्छ । ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानका लागि लिएको अडानलाई पार्टीले निरन्तरता दिँदै आएको बताइएको छ । 

स्थानीय तहमा परिचालन 

एमालेले सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् सांसदलाई यही चैत मसान्तसम्म सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन आह्वान गरिसकेको छ । 

विसं २०५४ को स्थानीय निकाय निर्वाचनमा अगुवा शक्ति बनेको एमालेले आफ्नो त्यो शाख जोखाउन पार्टी पङ्तिलाई एकताबद्धरुपमा परिचालन गर्न लागेको हो । 

एक निर्वाचन: एक उम्मेदवार 

एमालेले अन्य दलभन्दा फरकरुपमा उम्मेदवार चयनलाई अघि बढाएको छ । सम्भवतः अरु दलभन्दा अगाडि उम्मेदवार चयनको मापदण्ड तयार गरेको एमालेको यही चैत २१ गतेको स्थायी कमिटी बैठकले स्थानीय निर्वाचनमा उम्मेदवार हुनेले प्रदेश वा सङ्घीय संसद्मा उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । 

पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध वागी उठ्ने वा असहयोग गर्ने कार्यकर्तालाई पार्टीले स्थलमै कारबाही गर्ने नीति पनि लिएको छ । निर्वाचनमा अन्य दलसँग सहकार्य र गठबन्धनका लागि एमालेले केन्द्रबाटै नीति र निर्देशन दिनेछ । अहिलेको ठूलो दल नेपाली काँग्रेसलाई नै एमालेले मुख्य प्रतिस्पर्धी मानेको छ । 

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानअनुरुप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णयले कार्यकर्तामा अवसरको वितरण व्यवस्थित हुने बताउनुभयो । 

एमालेले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ । 

पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्नेे एमालेको तयारी छ । त्यसअघि स्थानीय निर्वाचनको सम्पूर्ण तयारीको लागि एमाले केन्द्रीय कमिटीको बैठक वैशाख ३ गते बस्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार