चैत २४, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २४, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बता"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिभिजन र रेडियो नियमन गर्न छुट्टै निकाय: सञ्चारमन्त्री

२०७३, २४ चैत्र बिहीबार १०:१३


चैत २४, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताउनुभएको छ । 

प्रविधि पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

“मन्त्रालयअन्तर्गतको अलग्गै विभाग बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो – “अनि विभागले टेलिभिजन र रेडियोको सबै काम गर्छन् ।” मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले २०७४ साल वैशाख १५ गतेसम्म महानगर र २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी गराउनुभयो । 

मन्त्रालयले केवल टेलिभिजनलाई प्रविधियुक्तमा लैजानका लागि विसं २०७१ कात्तिकबाट केवल टेलिभिजनको सञ्चालनको अनुमतिपत्र बन्द गरेको छ । 

कार्यक्रममा केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले प्रविधिको युगमा केवल टेलिभिजनको विकल्पमा प्रविधियुक्त टेलिभिजनको आवश्यकता रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार