चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका स"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदको चालु अधिवेशन चाँडै टुङ्गिन्छ: सभामुख

२४ चैत्र २०७३, बिहीबार ११:१७

चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।

बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका संघको १३६ औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताएकी हुन् ।

स्थानीय निर्वाचनका लागि राजनीतिक दलबीच सहमति गरेर अगाडि बढ्नुपर्ने आवश्यता भएको र संविधान संशोधनको महत्वपूर्ण मुद्दा सदनमै रहेकाले पनि चालु अधिवेशन जारी राख्नुपरेको उनको भनाइ छ ।

आफूले सबै राजनीतिक दलबीच सहमति होस् भन्ने चाहेको उल्लेख गर्दै सभामुख घर्तीले मधेस केन्द्रित राजनीतिक दलले उठाएका विषयलाई सम्बोधन गर्न सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरिन ।

राजनीतिक दलबीच हुने वार्ता र छलफलले नै सहमतिको वातावरण बनाउने उल्लेख गर्दै उनले भनिन,’राजनीतिक दलले सहमति गरेर अगाडि बढ्नुपर्छ तर त्यसको विकल्प खोज्नु हुँदैन ।’

यही फागनु १९ देखि २३ गतेसम्म ढाकामा अन्तर व्यवस्थापिका सङ्घको सम्मेलन भएको थियो । सभामुख घर्तीले नेपालको सहभागिता उल्लेखनीय भएको जानकारी दिइन । सम्मेलनमा १२२ देशको सहभागिता थियो ।

बङ्गलादेश भ्रमणका क्रममा सभामुख नेतृत्व सभासद्को टोलीले चटगाउँ बन्दरगाहमा अवलोकनसमेत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ