चैत २५, बैतडी । अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन आयोगले देशै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, बैतडी । अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन आयोगले देशै"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए

२५ चैत्र २०७३, शुक्रबार ०५:५८

चैत २५, बैतडी । अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । 

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै जिल्लाका चार नगरपालिका र ६ गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो । दशरथचन्द नगरपालिकामा एकजना मुख्य मतदान अधिकृतको जिम्मा दिइएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । 

दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृत तथा मुख्य मतदान अधिकृतका रुपमा जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवकुमार शाहलाई तोकेको छ । पाटन नगरपालिकामा मोहन अधिकारी, मेलौली नगरपालिकामा डिल्लीराम बास्तोला र पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकामा वासुदेव रिजाल, डिलासैनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञवाली, सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटा, सिगास गाउँपालिकामा रामकुमार थापा, शिवनाथ गाउँपालिकामा तुल्सीराम गैरे र पञ्चेश्वर गाउँपालिकामा यमप्रसाद ढुङ्गानालाई मुख्य मतदान अधिकृतको जिम्मा दिइएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला अदालतमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य नौवटै तहमा अगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ