चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण होस्: यादव

२५ चैत्र २०७३, शुक्रबार १६:४४

चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा ललितपुरको गोदावरीमा आज आयोजित 'निर्वाचन व्यवस्थापन तथा सञ्चालन' विषयको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उहाँले निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढिरहेको अवस्थामा मुलुकका सबै क्षेत्रमा निर्वाचनमैत्री वातावरण बनाउन सरकारसग अनुरोध गर्नुभयो ।

“निर्वाचनका सम्वन्धमा मुलुकका केही भागमा उठिरहेको समस्याको सम्बोधन होस् भनेर आयोगबाट प्रयास भइरहेको छ', उहाँले भन्नुभयो, “निर्वाचनको सिलसिलामा स्थानविशेषमा सुरक्षा चुनौती फरक हुने भएकाले त्यसमा आवश्यक ध्यान पुर्‍याउन सरकारको ध्यान जाओस्' डा यादवले भन्नुभयो। मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका सबै राष्ट्रसेवकलाई ढुक्क भएर निर्वाचनसम्बन्धी महाअभियानको कर्तव्य पूरा गर्न उहाँले आह्वान गर्नुभयो ।

आयुक्त सुधिरकुमार शाहले मतदाता, उम्मेदवार, दलका नेता, मतपत्रको मात्र नभएर जनतालाई सुरक्षाको मनोवैज्ञानिक वातावरणको सुनिश्चिता हुने गरी सुरक्षा प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “आगामी स्थानीय तहको निर्वाचन सबै नेपाल र नेपालीको परीक्षणको घडी हो। मतदाता र सबै उम्मेदवारलाई मनोवैज्ञानिक रुपमा सुरक्षाको प्रत्याभूति हुन सके सुरक्षा व्यवस्थापनको परिणाम सुखदायी हुने छ ।”

प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीका तर्फबाट नायब महान्यायाधिवक्ता किरण पौडेल र सहसचिव लीलादेवी गर्तौलाले सामान्य मतदाताका लागि एउटै मतपत्रमार्फत सात जनालाई चुन्नुपर्ने दायित्व निकै चूनौतीपूर्ण भएकाले मतदाता शिक्षालाई प्रत्येक मतदाताको ढोका ढोकामा घनीभूत ढङ्गले पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

आगामी निर्वाचनका सन्दर्भमा आयोगले सञ्चालन गरेको सबैभन्दा उच्च तहको उक्त प्रशिक्षणमा सहभागी ४२ जनाले मुलुकका सात स्थानमा गएर स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटिएका सात सय ४४ जनालाई तालिम दिनुपर्नेछ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण यही चैत २८ देखि ३० गतेसम्म समूहगत रुपमा सञ्चालन हुने छ । आयोगले आगामी स्थानीय निर्वाचनलाई केन्द्रित गरेर मुलुकका प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जनाका हिसाबले २१ हजार मतदाता शिक्षा स्वयंसेवी खटाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ