चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण होस्: यादव

२०७३, २५ चैत्र शुक्रबार १६:४४

चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा ललितपुरको गोदावरीमा आज आयोजित 'निर्वाचन व्यवस्थापन तथा सञ्चालन' विषयको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उहाँले निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढिरहेको अवस्थामा मुलुकका सबै क्षेत्रमा निर्वाचनमैत्री वातावरण बनाउन सरकारसग अनुरोध गर्नुभयो ।

“निर्वाचनका सम्वन्धमा मुलुकका केही भागमा उठिरहेको समस्याको सम्बोधन होस् भनेर आयोगबाट प्रयास भइरहेको छ', उहाँले भन्नुभयो, “निर्वाचनको सिलसिलामा स्थानविशेषमा सुरक्षा चुनौती फरक हुने भएकाले त्यसमा आवश्यक ध्यान पुर्‍याउन सरकारको ध्यान जाओस्' डा यादवले भन्नुभयो। मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका सबै राष्ट्रसेवकलाई ढुक्क भएर निर्वाचनसम्बन्धी महाअभियानको कर्तव्य पूरा गर्न उहाँले आह्वान गर्नुभयो ।

आयुक्त सुधिरकुमार शाहले मतदाता, उम्मेदवार, दलका नेता, मतपत्रको मात्र नभएर जनतालाई सुरक्षाको मनोवैज्ञानिक वातावरणको सुनिश्चिता हुने गरी सुरक्षा प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “आगामी स्थानीय तहको निर्वाचन सबै नेपाल र नेपालीको परीक्षणको घडी हो। मतदाता र सबै उम्मेदवारलाई मनोवैज्ञानिक रुपमा सुरक्षाको प्रत्याभूति हुन सके सुरक्षा व्यवस्थापनको परिणाम सुखदायी हुने छ ।”

प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीका तर्फबाट नायब महान्यायाधिवक्ता किरण पौडेल र सहसचिव लीलादेवी गर्तौलाले सामान्य मतदाताका लागि एउटै मतपत्रमार्फत सात जनालाई चुन्नुपर्ने दायित्व निकै चूनौतीपूर्ण भएकाले मतदाता शिक्षालाई प्रत्येक मतदाताको ढोका ढोकामा घनीभूत ढङ्गले पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

आगामी निर्वाचनका सन्दर्भमा आयोगले सञ्चालन गरेको सबैभन्दा उच्च तहको उक्त प्रशिक्षणमा सहभागी ४२ जनाले मुलुकका सात स्थानमा गएर स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटिएका सात सय ४४ जनालाई तालिम दिनुपर्नेछ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण यही चैत २८ देखि ३० गतेसम्म समूहगत रुपमा सञ्चालन हुने छ । आयोगले आगामी स्थानीय निर्वाचनलाई केन्द्रित गरेर मुलुकका प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जनाका हिसाबले २१ हजार मतदाता शिक्षा स्वयंसेवी खटाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार