चैत २६, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुने बताएका छन् । अध्यक्ष ओलीले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुने स्पष्ट पारे ।
शनिबार आफनो स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू स्वास्थ्य उपचारका लागि बैंकक गएको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले किड्नी प्रत्यारोहणपछि बैंककमा गएर यसको नियमित उपचार गराउँदै आएका छन् ।