चैत २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय एकताको नयाँ प्रस्ताव दर्ता हुन्छ: प्रधानमन्त्री

२६ चैत्र २०७३, शनिबार ११:०४

चैत २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताउनुभएको छ । 

रिपोटर्स क्लब नेपालको १९ औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबैलाई मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुन्छ, यसले मुलुकलाई एकताबद्ध गर्नेछ ।” 

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै निर्वाचनको सङ्कल्पमा राष्ट्र अगाडी बढिसकेकाले यसमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । 

स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै उहाँले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने स्पष्ट गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले सही व्यक्तिलाई सही जिम्मेवारी दिएर अगाडि बढेको अवस्थामा मुलुकको आर्थिक समृद्धि गर्न सकिन्छ भन्दै विद्युत्भार कटौती र सही व्यवस्थापनबाट मुलुकको आर्थिक वृद्धि छ प्रतिशत पुग्ने देखिएको बताउनुभयो । 

दुई छिमेकी मुलुकसँग असल सम्बन्ध कायम गरेर नेपालको विकास गर्न सकिन्छ भन्ने विश्वास आफूमा बढेको बताउँदै उहाँले राष्ट्रिय एकताको अभियानमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउँदै यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । 

संविधान कार्यान्वयनका लागि तोकिएको समयमा तीन वटै तहको निर्वाचन सकाउनुपर्ने बताउँदै उहाँले राजनीतिक स्थिरतापछि कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्धिको बाटोमा अघि बढ्न सकिनेमा जोड दिनुभयो । 

नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरीले आर्थिक विकास र समृद्धिको बाटोमा नेपाल अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले रिपोर्टर्स क्लब नेपालको अनलाइन संस्करणको सुरुवात पनि गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ