६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेल लाभकर छुटमा प्रधानमन्त्रीले दिए यस्तो स्पष्टिकरण

२७ चैत्र २०७३, आईतवार १०:१२

चैत २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एनसेल विक्री प्रकरणमा ३३ अर्ब लाभकर छुट दिने निर्णय नभएको स्पष्टिकारण दिएका छन् ।

आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणबारे स्पष्टीकरण दिएका हुन् । टेलिकम्युनिकेसन कम्पनी एनसेल टेलियासोनेरा कम्पनीले एक्जियटालाई बिक्री गर्दा बुझाउनुपर्ने पुँजीगत लभकर नबुझाएको र सरकारले त्यसलाई उठाउनुको सट्टा उन्मुक्ति दिने निर्णय भएको भन्दै लेखा समितिले प्रधानमन्त्रीलाई आज समितिमा डाकेको थियो। प्रधानमन्त्रीले आफ्नो कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले भने, ‘मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको हो । लिखित प्रस्ताव पुगेको कुरा गलत हो ।’ 

समितिमा पुगेर प्रधानमन्त्री दाहालले एनसेलका विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै राज्यले तदारुकता लियो भने कर उठाउन कुनै समस्या नहुने बताए। 'एनसेल यहीँ छ कहीँ गएको छैन,' प्रधानमन्त्रीले भने, 'राज्यले तदारुकता देखाए कर उठाउन सकिन्छ।' 

प्रधानमन्त्री दाहालले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउन प्रयास गरिएको बताए । लेखा समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले क्रेता-बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्‍याउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । साथै लाभ कर चुक्ता नगरी कम्पनी किनबेच भएकोबारे अध्ययन तथा छानविन समिति बनाउने बचन दिएका छन् । 

लेखा समितिमा यसअघि अर्थमन्त्री कृष्णबहादुर महरालाई डाकिएको थियो तर अर्थमन्त्री महराको जवाफ चित्त नबुझेपछि समितिले आज प्रधानमन्त्रीलाई बैठकमा बोलाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने