चैत २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन: प्रधानमन्त्री

२८ चैत्र २०७३, सोमबार ०६:५६


चैत २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्छ ।” 

सङ्घीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रक्रियागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाउनुभयो । 

उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युत्को कुशल व्यवस्थापन गर्दै उहाँले विद्युत्भार कटौती क्रमशः अन्त्य गर्दै लगिएकाले औद्योगिक वातावरण बन्दै गएको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनःस्थापना र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक अवरोध हटाउनेलगायतका थुप्रै कार्य आफ्नो नेतृत्वको सरकारले अगाडि बढाइएको दाबी गर्नुभयो । 

उत्पादन क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न नसकेको र सेवा क्षेत्र सहरी क्षेत्रमा विकास र विस्तार भइरहेको सङ्केत देखिरहेको उल्लेख गर्दै उहाँले सेवा क्षेत्र नै आर्थिक विकासका क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र ऊर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम परिचालन गर्न सकेको खण्डमा आर्थिक समृद्धि प्राप्त हुने स्पष्ट पार्नुभयो । उहाँले २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहयोग गर्न सबै क्षेत्रलाई आह्वान गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्रीले ‘एफएनसिसिआई गोल्ड अवार्ड टेन्ड सेटर’ नेपाल राष्ट्र बैंकका गभर्नर हिमालयशम्शेर जबरा, पर्यटन व्यवसायी कर्ण शाक्य, सञ्चार क्षेत्रका कैलाश सिरोहिया, हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रका नकिम उद्दिन, सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा डा सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, सार्वजनिक क्षेत्रका कुलमान घिसिङ, उत्पादन क्षेत्रका स्व रामलाल जी गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गर्नुभयो । 

त्यसैगरी कार्यक्रममा महासङ्घका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज बैंद्य र प्रदीपजङ्ग पाण्डेलाई सम्मान गरिएको थियो । 

उद्योग वाणिज्य महासङ्घलाई सहयोग गर्ने समाजसेवी यज्ञबहादुर केसी, आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने स्व सञ्जय न्यौपाने र महासङ्घमा निरन्तर २५ वर्ष सेवा गर्दै आएका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । 

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक क्षेत्रलाई माथि उठाउन स्वदेशी उद्योगको प्रवद्र्धन आवश्यक भएको बताउँदै सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले लगानीका लागि नेपाल उर्वरभूमि भएको बताउँदै पूर्वाधार विकासमा सरकारले सहयोग गरेर आर्थिक समृद्धिमा सघाउनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ