चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वा"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस्’

२८ चैत्र २०७३, सोमबार १०:५३


चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ । 

निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ । मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै रुपमा दुईदिने प्रशिक्षण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । 

प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण तालिम प्रदान गर्नेछन् । 

नेपालको संविधानअनुरुप स्थानीय सरकार निर्माणका लागि हुन लागेको पहिलो निर्वाचन मुलुकका चार महानगरपालिका, १३ उपनगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिकामा एउटै समयमा एकैचरणमा हुनेछ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त प्रशिक्षण तालिममा आज धुलिखेलमा उद्घाटन गर्दै समग्र मुलुक निर्वाचनमय बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो– “राजनीतिक असन्तुलनको वातावरण सन्तुलित हुँदै गएको छ, मुलुकभर शान्ति सुरक्षाको वातावरण अनुकूल नै छ, त्यसैले निर्वाचनमा खटिने कर्मचारी र मतदाताले डराउनुपर्ने अवस्था छैन ।” 

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनको जिम्मेवारी पूरा गर्न तटस्थ रहेर काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो–“कुनै पनि उम्मेदवार र राजनीतिक दलसँग अब साँठगाँठ नगर्नुहोला, निर्वाचनका लागि जारी भएको आचारसंहिताको परिधिमा कर्तव्यपालन गर्नुहोला । 

निर्वाचनको सन्दर्भमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्दै आन्तरिक खर्च व्यवस्थापनमा मितव्ययी गर्ने आयोगको स्पष्ट नीति रहेको बताउँदै प्रमुख आयुक्त डा यादवले संविधान कार्यान्वयको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई स्थायित्व प्रदान र सुदृढ तुल्याउने अभियानमा जुट्न आह्वान गर्नुभयो । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनमा एकमतको महत्वबारे जिल्लाका मतदातालाई प्रशिक्षित तुल्याउने काम भइरहेको जनाउँदै यो निर्वाचनलाई गाउँमा राजनीतिक दलका उम्मेदवारबीच इज्जत र प्रतिष्ठाको लडाइँका रुपमा हेरिने भएकाले त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइनेछ भन्नुभयो । 

उच्च सरकारी वकिल कार्यालय पाटनका सह–न्यायाधीवक्ता नारायणप्रसाद पौडेलले निर्वाचनमा खटिने कर्मचारीको निष्पक्षताले निर्वाचन आयोगको निष्पक्षताको प्रतिविम्ब गर्ने भएकाले राज्यले सुम्पिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकारेर निर्वाचनको महाअभियानमा समाहित हुन आग्रह गर्नुभयो । 

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्रको काम कार्यतालिकाअनुसार नै घनिभूतरुपमा अघि बढिरहेको जानकारी दिनुभयो । उक्त तालिममा यस क्षेत्रका दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, रसुवा, धादिङ, रौतहट, ललितपुर र काठमाडौँ जिल्लाका १०९ जनाको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने