चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकद्वारा प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त

२८ चैत्र २०७३, सोमबार १५:१८

चैत २८, काठमाडौं । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।

कार्यसम्पादन र नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको बताईएको छ । सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछी प्रहरी महानिरीक्षक नियुक्तिमा ढिलाई भएको थियो । सर्वोच्चले चैत ८ गते चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । 

राजनीतिक हिसावले आइजिपी नियुक्त गरेको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट हालेका थिए । डिआइजी नवराज सिलवालले पनि आफू प्रहरी प्रमुख बन्न योग्य रहेको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए । यता नवराज सिलवाललाई नै प्रहरी प्रमुख बनाउनु नभनेपनि घुमाउरो शैलीमा अदालतले उनलाई नै प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको थियो । तर मन्त्रिपरिषद् बैठकले सिलवाललाई आईजीपी नबनाई अर्याललाई नियुक्त गरेको छ । 

संक्षेपमा: को हुन् अर्याल ?

जन्म: २०२० असार १४ (दाङको त्रिभुवन नगरपालिका– ११)

प्रहरी सेवामा प्रवेश: २०४४ चैत १९ गते (प्रहरी निरीक्षक)

जिल्ला प्रमुखको भूमिका: दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर र कास्की (अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख)

अध्ययन: स्नाकोत्तर

बढुवा: २०६९ साल पुस ४ गते (एसएसपीबाट डिआइजीमा बढुवा) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता