३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो पटकको निर्वाचनमा जित कसको ? (यस्तो छ प्रधानमन्त्रीले गरेको अचम्मको भविष्यवाणी)

२९ चैत्र २०७३, मंगलवार १०:३५

चैत २९, काठमाडौं । यो पटकको निर्वाचनमा एमाले सबै भन्दा ठुलो पार्टी बन्ने आम बिश्वास गरिएकोमा प्रधानमन्त्री प्रचण्डले भने एमाले यो पटक नराम्रोसँग हार्ने निश्चित भएको दावी गरेका छन् । 

ललितपुर महानगरपालिका माओवादी केन्द्रको पहिलो एकता सम्मेलनमा बोल्दै प्रचण्डले एक अचम्मको बिषयलाई आधार बनाइ एमालेले चुनाव नजित्ने दावी गरेका हुन् । उनको दावीको कारण हो 'मेची-महाकाली अभियान', प्रचण्डले यही अभियान चलाउँदा कांग्रेस हारेको, अघिल्लो निर्वाचनमा माओवादी पनि यही अभियान चलाएको कारण हरेको र अहिले यो अभियान एमालेले चलाएको भन्दै एमालेले यस पटक हार्ने दावी गरेका हुन् । उनले भने – 'ठूलठूला सभा गर्‍यौं, अभियान चलायौं, मेची महाकाली अभियान भन्यौं हुने के रहेछ भने चुनाव हार्दो रहेछ । पहिला गिरिजा बाबुले एकचोटी मेची-महाकाली अभियान गर्नुभएछ र नराम्रोसँग हार्नुभएछ, एमालेले जितेछ । दोस्रोपटक हामीले मेची-महाकाली अभियान गरियो र हामी नराम्रोसँग हारियो । अहिले एमालेले मेची-महाकाली अभियान गरेको छ, हेर्नुहोला सबभन्दा बढी हार्नेमा एमाले नै पर्छ ।’

प्रधानमन्त्री दाहालले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै नभएको भन्दै कांग्रेस एमाले चुनावको विपक्षमा रहेको बताए । प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टीको एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यी उपलब्धी धरापमा पर्ने बताए । प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिए । उनले माओवादी पुनर्जागरणको अभियान देखेर कांग्रेस एमालेका नेताहरु चुनाव रोक्नेतिर सक्रिय भएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता