२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो पटकको निर्वाचनमा जित कसको ? (यस्तो छ प्रधानमन्त्रीले गरेको अचम्मको भविष्यवाणी)

२०७३, २९ चैत्र मंगलवार १०:३५

चैत २९, काठमाडौं । यो पटकको निर्वाचनमा एमाले सबै भन्दा ठुलो पार्टी बन्ने आम बिश्वास गरिएकोमा प्रधानमन्त्री प्रचण्डले भने एमाले यो पटक नराम्रोसँग हार्ने निश्चित भएको दावी गरेका छन् । 

ललितपुर महानगरपालिका माओवादी केन्द्रको पहिलो एकता सम्मेलनमा बोल्दै प्रचण्डले एक अचम्मको बिषयलाई आधार बनाइ एमालेले चुनाव नजित्ने दावी गरेका हुन् । उनको दावीको कारण हो 'मेची-महाकाली अभियान', प्रचण्डले यही अभियान चलाउँदा कांग्रेस हारेको, अघिल्लो निर्वाचनमा माओवादी पनि यही अभियान चलाएको कारण हरेको र अहिले यो अभियान एमालेले चलाएको भन्दै एमालेले यस पटक हार्ने दावी गरेका हुन् । उनले भने – 'ठूलठूला सभा गर्‍यौं, अभियान चलायौं, मेची महाकाली अभियान भन्यौं हुने के रहेछ भने चुनाव हार्दो रहेछ । पहिला गिरिजा बाबुले एकचोटी मेची-महाकाली अभियान गर्नुभएछ र नराम्रोसँग हार्नुभएछ, एमालेले जितेछ । दोस्रोपटक हामीले मेची-महाकाली अभियान गरियो र हामी नराम्रोसँग हारियो । अहिले एमालेले मेची-महाकाली अभियान गरेको छ, हेर्नुहोला सबभन्दा बढी हार्नेमा एमाले नै पर्छ ।’

प्रधानमन्त्री दाहालले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै नभएको भन्दै कांग्रेस एमाले चुनावको विपक्षमा रहेको बताए । प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टीको एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यी उपलब्धी धरापमा पर्ने बताए । प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिए । उनले माओवादी पुनर्जागरणको अभियान देखेर कांग्रेस एमालेका नेताहरु चुनाव रोक्नेतिर सक्रिय भएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार