३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाद्वारा संसद् बैठक बहिष्कार

२९ चैत्र २०७३, मंगलवार १२:१०

चैत २९, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद् बैठक बहिष्कार गरेको छ । 

बैठक सुरु हुनेबित्तिकै मोर्चामा आबद्ध सांसदहरु उभिएपछि सभामुख ओनसरी घर्तीले सांसद अकबल अहमद साहलाई बोल्न अनुमति दिनुभएको थियो । सांसद साहले आफूहरुले सञ्चारमाध्यममार्फत सरकारले सीमाङ्कनको विषय छाडेर नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ भन्ने जानकारी पाएको बताउँदै हाल विचाराधीन संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्नुभयो । 

उहाँले संविधानको धारा २७४ खारेज गरेर एक अधिकारसम्पन्न सीमाङ्कन निर्धारण सङ्घीय आयोग गठन गर्न माग गर्दै आयोगले प्रतिवेदन तयार पारी संसद्मा प्रतिवेदन आएपछि मात्र संशोधन फिर्ता हुनुपर्ने बताउनुभयो । 

सांसद साहले स्थानीय निकाय पुनःसंरचना आयोगले निर्धारण गरेको तह निर्धारण आफूहरुलाई मान्य नभएको जनाउँदै उहाँले जनसङ्ख्यानुसार तह निर्धारण नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जिकिर गर्नुभयो । 

संशोधन विधेयक पारित गरी मोर्चाको माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताउँदै उहाँले मोर्चाका तर्फबाट आजको बैठक बहिष्कार गरिएको जानकारी गराउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता