चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले गरे कोटेश्वर–कलंकी सडकको स्थलगत निरीक्षण

२९ चैत्र २०७३, मंगलवार १३:०६


चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर्माणकार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ–धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्यसम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार सो सडकखन्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माणकार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

व्यवस्थापिका–संसदको सुशासन समितिको मंगलबारको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदलयात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुवाँ–धुलो एवं सवारी–साधनले मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो सडकखन्ड चीन सरकारको सहयोगमा ८ लेनको बनाउने काम भइरहेको छ ।

प्रधानमन्त्रीले सडकको अवस्था, सवारी–साधनको अवस्था र सडकमा रोकिएका सवारी–साधनदेखि निर्माण सामग्रीसमेत सडकमै राखेकोप्रति गम्भीर चासो लिएका छन् । सो सडकमा जामका कारण घन्टौंसम्म नागरिकले दुःख पाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता