चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले गरे कोटेश्वर–कलंकी सडकको स्थलगत निरीक्षण

२०७३, २९ चैत्र मंगलवार १३:०६


चैत २९, काठमाडौं । कोटेश्वर–सातदोबाटो–कलंकी सडकखन्डको निर्माणकार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् ।

निर्माणकार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ–धुलोका कारण जनजीवन प्रभावित भएको, निर्माण व्यवसायीले कार्यसम्पादनमा ध्यान नदिएको तथा स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार सो सडकखन्डको स्थलगत निरीक्षण गरी तत्काल निर्माणकार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

व्यवस्थापिका–संसदको सुशासन समितिको मंगलबारको बैठकमा राजधानीको सडकको अवस्था नाजुक रहेको, नागरिकले पैदलयात्रा गर्न नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

सांसदले सरकारले ध्यान नदिएका कारण सडक नाजुक भएको र धुवाँ–धुलो एवं सवारी–साधनले मनलाग्दी व्यवहार गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो सडकखन्ड चीन सरकारको सहयोगमा ८ लेनको बनाउने काम भइरहेको छ ।

प्रधानमन्त्रीले सडकको अवस्था, सवारी–साधनको अवस्था र सडकमा रोकिएका सवारी–साधनदेखि निर्माण सामग्रीसमेत सडकमै राखेकोप्रति गम्भीर चासो लिएका छन् । सो सडकमा जामका कारण घन्टौंसम्म नागरिकले दुःख पाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार