३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पच्चीस वर्षयताकै उच्च आर्थिक वृद्धि भयो: प्रधानमन्त्री

२९ चैत्र २०७३, मंगलवार १३:५९

चैत २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार गठन भएपछि २५ वर्षयताकै बढी आर्थिक वृद्धि भएको बताउनुभएको छ । 

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक वृद्धिदर ६ प्रतिशत माथि पुगेको छ । मूल्यवृद्धि नियन्त्रण भएको छ । मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य भएको छ । मुलुकको सम्पूर्ण आर्थिक परिसूचकमा उल्लेख्य सुधार आएको छ ।” 

नेकपा(माओवादी केन्द्र) ललितपुर महानगरपालिकाको एकता सम्मेलन एवम् निर्वाचन विशेष कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् सो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रचण्डले सरकारले जनताका पक्षमा काम गरिरहेको छ भन्ने प्रष्ट भएको बताउनुभयो । 

प्रधानमन्त्रीले आफूले जनताको सेवा, देशको विकास र समृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छा शक्ति हुने हो भने केही वर्षमा देशको मुहार फेर्न सकिने बताउनुभयो । उहाँले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेन्डा आफ्नो पार्टीले मात्रै संस्थागत गर्नसक्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस, नेकपा(एमाले) लगायतका दलसँग स्थानीय निर्वाचनका लागि कुनै पनि एजेन्डा नै नभएको भन्दै माओवादी केन्द्रसँग सकारात्मक एजेन्डा पर्याप्त रहेको स्पष्ट पार्नुभयो । 

जनताको प्रमुख माग र एजेन्डा भएको पार्टी माओवादी मात्रै रहेको भन्दै उहाँले जनताको मुद्दा कार्यान्वयनका लागि माओवादी केन्द्र चुनावमा जित्नुपर्ने बताउनुभयो । सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मधेस, दलित जनजातिलगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले स्थानीय तहको निर्वाचन जित्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारमा रहेको सत्तालाई गाउँगाउँ पु¥याउने काम माओवादी केन्द्रको एजेन्डाकै कारण सम्भव भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन आफ्नो सरकारका कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धि गुम्नसक्ने आशङ्का व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, हितमान शाक्य, विश्वभक्त दुलाल, प्रवक्ता पम्फा भुसाललगायतले राजनीतिक एजेन्डा संस्थागत गर्न र मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान आफ्नो पार्टी विजयी हुनुपर्ने र त्यसको आधारसमेत तयार भएको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता