चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मो"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मधेशी मोर्चा आफ्नो जनमत देखेर चुनावमा जान डरायो’

३० चैत्र २०७३, बुधबार ११:३२


चैत ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मोर्चाको निर्णयलाई निहुँ खोज्ने प्रवृत्तिको संज्ञा दिए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले भने,‘सहमति गरेर नै चुनावमा सबैलाई सहभागी गराउने उद्देश्यले यो विकल्प खोजिएको थियो, अहिले नै सरकारको तर्फबाट प्रतिक्रिया दिन हतार होला, हामी बैठक बसेर एउटा निर्णयमा पुग्छौं ।’उनले मोर्चाको निर्णयलाई स्वयम् मोर्चालाईपनि ठीक ठाउँमा नपुर्याउने आरोप लगाए ।

मोर्चाले जे निर्णय गरेपनि घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने खनालको दाबी थियो । उनले भने,‘तोकिएकै मितिमा चुनाव हुन्छ, मधेशमा पनि चुनाव हुन्छ ।’ उनले अझैपनि ठाउँ छ भने मोर्चाले आफ्नो निर्णयलाई पूर्नविचार गर्नुपर्ने स्पष्ट पारे ।

खनालले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई स्विकार गरेर चुनावमा गएको भए मधेशी मोर्चालाई दहा«े राजनीतिक म्याण्डेट हुनेथियो भन्दै त्यो अवसर मोर्चाले गुमाएको टिप्पणी गरे । यद्धपी उनले मोर्चा आफ्नो जनमत देखेर डराएर चुनावमा जान नमानेको समेत आरोप लगाए ।

उनले प्रस्तावमा सहमत भए दुई चरणमा पनि चुनाव गर्न सकिनेबारे सरकारले छलफल अघि बढाईरहेको समेत जानकारी दिए । उनले नयाँ संशोधन विद्येयक मोर्चाका नेताहरुसँग छलफल गरेर नै ल्याएको दाबी गरे ।

उनले भने,‘प्रधानमन्त्रीसँगको छलफलमा राजेन्द्र महतोजी हुनुहुन्थ्यो।’ उनले प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुअघि मोर्चाका शीर्ष नेताहरुसँग पटक÷पटक छलफल गरेको समेत स्पष्ट पारे । खनालले प्रधानमन्त्रीले नयाँ विद्येयक एकतर्फी रुपमा अघि नबढाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही