३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गमा स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

३१ चैत्र २०७३, बिहीबार ०५:४२

चैत ३१, धादिङ (दार्खा) | आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ । 

निर्वाचन कार्यालयले निर्वाचनका लागि गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिएको छ । कार्यालयका अनुसार जिल्लाभरका सबै मतदानस्थलको पुनरवलोकन पछि उपयुक्त स्थान रोजेर मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाइसकिएको छ । 

कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य काम सँगसँगै मतदातालाई कसरी मतदान गर्ने भन्ने तरिका सिकाउन स्वयम्सेवकलाई मतदाता शिक्षाको प्रशिक्षणसमेत सुरु गरेको छ । 

नयाँ स्थानीय संरचनाअनुसार स्थानीय तहमा कति जना प्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्ने, नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व गर्नेको समावेशीता कस्तो रहन्छ भन्ने जस्ता विषय सिकाएर उनीहरुलाई मतदाताको घरघरमा पठाइने छ । 

धादिङ जिल्लामा एक लाख ३० हजार १४४ पुरुष, दुई लाख छ हजार दुई महिला र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । 

जिल्लाभर १०९ मतदानस्थल तोकिएका छन् भने २६५ मतदान केन्द्र रहने छन् । धादिङ जिल्लामा १६ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । नयाँ संरचनाअनुसार यस जिल्लामा ५७४ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध