२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गमा स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु

२०७३, ३१ चैत्र बिहीबार ०५:४२

चैत ३१, धादिङ (दार्खा) | आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले कार्यकर्ता र मतदाता स्वयम्सेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ । 

निर्वाचन कार्यालयले निर्वाचनका लागि गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिएको छ । कार्यालयका अनुसार जिल्लाभरका सबै मतदानस्थलको पुनरवलोकन पछि उपयुक्त स्थान रोजेर मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाइसकिएको छ । 

कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य काम सँगसँगै मतदातालाई कसरी मतदान गर्ने भन्ने तरिका सिकाउन स्वयम्सेवकलाई मतदाता शिक्षाको प्रशिक्षणसमेत सुरु गरेको छ । 

नयाँ स्थानीय संरचनाअनुसार स्थानीय तहमा कति जना प्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्ने, नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व गर्नेको समावेशीता कस्तो रहन्छ भन्ने जस्ता विषय सिकाएर उनीहरुलाई मतदाताको घरघरमा पठाइने छ । 

धादिङ जिल्लामा एक लाख ३० हजार १४४ पुरुष, दुई लाख छ हजार दुई महिला र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । 

जिल्लाभर १०९ मतदानस्थल तोकिएका छन् भने २६५ मतदान केन्द्र रहने छन् । धादिङ जिल्लामा १६ वटा दल चुनावी प्रतिस्पर्धामा छन् । नयाँ संरचनाअनुसार यस जिल्लामा ५७४ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार