चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्य"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै कम्युनिष्टलाई एकताबद्ध बनाउँछु: प्रधानमन्त्री

२०७३, ३१ चैत्र बिहीबार ०९:३७

चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गर्नुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताउनुभयो । 

मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उहाँले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

प्रधानमन्त्रीले संविधानको घोषणापछि मुलुकमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो निर्वाचनले परिवर्तनपछि ऐतिहासिकरुपमै सिंहदरबारको अधिकार गाउँमै पु¥याउने बताउनुभयो । निर्वाचन हुन नदिने, बिथोल्ने वा असफल पार्न षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीलाई एकताबद्ध हुन आग्रह गर्दै उहाँले आगामी वैशाख ३१ गतेको निर्वाचनलाई उत्साहका रुपमा सफल पार्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

उहाँले माओवादी क्रान्तिकारी खासगरी कम्युनिस्ट क्रान्तिकारीलाई विभिन्न ठाउँमा भौँतारिन छाडेर एकीकृत पार्टी निर्माणमा सहभागी बन्न आग्रह गर्दै पार्टी एकता प्रक्रिया जारी रहने बताउनुभयो । 

राईको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता अम्बेर राई, रामहरि कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, रामकुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय सङ्गठन तथा जिल्ला समिति माओवादी केन्द्रसँग एकीकृत भएका छन् । 

एकतापछि नेता राईले अवसरवादलाई परास्त गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन आफू एकता प्रक्रियामा समाहित भएको बताउनुभयो । राईलाई नेकपा (माओवादी केन्द्र)मा समाहित गर्न नेता अमिक शेरचनको नेतृत्वमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदीलगायत वार्ता समिति गठन गरिएको थियो । 

राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइनेछ भने नेताहरु रामहरि कार्की र अम्बेर राईले पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् । विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय राई खोटाङबाट ०४८ र ०५१ सालमा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । 

राईसँगको एकताले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा र भोजपुरमा (माओवादी केन्द्र)को स्थिति मजबुद बनेको नेता शेरचनले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार