चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्य"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै कम्युनिष्टलाई एकताबद्ध बनाउँछु: प्रधानमन्त्री

३१ चैत्र २०७३, बिहीबार ०९:३७

चैत ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गर्नुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताउनुभयो । 

मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उहाँले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

प्रधानमन्त्रीले संविधानको घोषणापछि मुलुकमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो निर्वाचनले परिवर्तनपछि ऐतिहासिकरुपमै सिंहदरबारको अधिकार गाउँमै पु¥याउने बताउनुभयो । निर्वाचन हुन नदिने, बिथोल्ने वा असफल पार्न षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीलाई एकताबद्ध हुन आग्रह गर्दै उहाँले आगामी वैशाख ३१ गतेको निर्वाचनलाई उत्साहका रुपमा सफल पार्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

उहाँले माओवादी क्रान्तिकारी खासगरी कम्युनिस्ट क्रान्तिकारीलाई विभिन्न ठाउँमा भौँतारिन छाडेर एकीकृत पार्टी निर्माणमा सहभागी बन्न आग्रह गर्दै पार्टी एकता प्रक्रिया जारी रहने बताउनुभयो । 

राईको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता अम्बेर राई, रामहरि कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, रामकुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय सङ्गठन तथा जिल्ला समिति माओवादी केन्द्रसँग एकीकृत भएका छन् । 

एकतापछि नेता राईले अवसरवादलाई परास्त गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन आफू एकता प्रक्रियामा समाहित भएको बताउनुभयो । राईलाई नेकपा (माओवादी केन्द्र)मा समाहित गर्न नेता अमिक शेरचनको नेतृत्वमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदीलगायत वार्ता समिति गठन गरिएको थियो । 

राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइनेछ भने नेताहरु रामहरि कार्की र अम्बेर राईले पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् । विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय राई खोटाङबाट ०४८ र ०५१ सालमा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । 

राईसँगको एकताले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा र भोजपुरमा (माओवादी केन्द्र)को स्थिति मजबुद बनेको नेता शेरचनले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध