चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय निर्वाचनलाई भयरहित र मर्यादित बनाउनुपर्छ: प्रियासन

३१ चैत्र २०७३, बिहीबार १२:४३


चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम र पत्रकारहरु लाग्नु पर्ने बताएका छन् ।

देउखुरी टुडे राष्ट्रिय साप्ताहिक पत्रिकाको आयोजनामा विहिवार गढवामा आयोजित स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमहरुको सम्बन्ध तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका प्रियासनले निर्वाचनका बेला सम्पुर्ण सञ्चार माध्यम तथा पत्रकारहरुले निर्वाचनका विषयमा दलिय सद्भाव नविथोलीने खालका समाचार सम्प्रेसण गर्न सुझाव समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रियासनले सञ्चार माध्यमहरुको विकास भएमा मात्र स्थानीय तहको विकास हुन सक्ने बताएका छन् । पत्रिकाले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदानको प्रसंगमा बोल्दै प्रियासनले २०७४ संविधान कार्यान्वयन र निर्वाचनको वर्ष भएकाले तिनै तहका निर्वाचन सम्पन्न गर्न पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

पत्रिकाका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासनको प्रमुख आतिथ्यता र रेडियो साझा आवाजका अध्यक्ष उमाकान्त पन्तको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गढवा गाविसका पुर्व अध्यक्ष भगवतीप्रसाद चौधरी, एमाले दाङका सदस्य रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, नयाँ शक्ति पार्टी नेपालका गढवा गाउँपालिका संयोजक दिलबहादुर महतरा, राप्ती समाचारका प्रतिनिधि विदुर एम.सी, देउखुरी साहित्य मञ्चका अध्यक्ष तथा पत्रिकाका सल्लाहाकार सम्पादक हरि पोख्रेल, राप्ती उवा संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, गढवा उवा संघका वरिष्ठ उपाध्यक्ष रविलाल आचार्य, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डि.सी, हिमवन्ती नेपाल दाङका सचिव ओभा पाठक, शुभतारा इङलिस वोडिङ स्कुलका प्रिन्सिपल विकास रजौरे, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुवर,युवा संघ नेपाल गढवाका सुनिल चौधरी, वाइसियलका कृष्णबहादुर आलेमगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रिकाका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रिकाका प्रधान सम्पादक शिवराज पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव