३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय आवश्यकताले पशुपतिमा नेपाली पुजारी राख्न खोजेको हुँ’

३१ चैत्र २०७३, बिहीबार १२:५२

चैत ३१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताउनुभएको छ । 

पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’ 

प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’ 

सो अवसरमा पूर्वसंस्कृतिमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का नेता गोपाल किरातीले नेपालको गौरवका रुपमा रहेको पशुपतिनाथमा नेपाली पुजारी नै हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको र पार्टी समेत प्रतिबद्ध रहेको धारणा राख्नुभयो । 

सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गर्नुभएका डा दाहालले सो अवधिमा भोग्नुभएको समग्र पक्षलाई समेटेर पुस्तक लेख्नुभएको हो । पुस्तकमा पशुपतिनाथको अन्य पाटा र पक्षका बारेमा समेत उल्लेख गरिएको डा दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’