बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँ"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैँडाकोटमा चुनावी रन्को (को कसरी तात्दैछन् चुनावमा)

२०७४, १ बैशाख शुक्रबार ०५:२३

बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै उम्मेदवार छनोटको अन्तिम तयारी गरिरहेका हुन् । 

अहिलेसम्म नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटका लागि विभिन्न वडाबाट सम्भावित उम्मेदवारको नामवाली सङ्कलन गर्ने कार्य जारी छ । विशेष गरी नवलपरासीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्रलगायतका ठूला दलमा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको अवस्था छ । 

जिल्लामा सबैभन्दा बढी ५९ हजार जनसङ्ख्या रहेको गैँडाकोट नगरपालिकामा नेका, एमाले, माओवादी केन्द्रलगायतका ठूला दल उम्मेदवार चयन गर्न लागिपरेका छन् भने अन्य साना दलहरु संयुक्त रुपमा मोर्चाबन्दी गरी उम्मेदवार तय गर्ने तयारीमा जुटेका छन् । 

नेकाका महामन्त्री डा शशाङ्क कोइरालाको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गैँडाकोट नगरपालिकामा स्वयम् महामन्त्री कोइरालाको समेत चासो रहेको देखिएको छ । 

गैँडाकोट नगरपालिका काँग्रेसका लागि नवलपरासीको सबै गाउँपालिका र नगरपालिकामध्येकै सबैभन्दा बलियो पकड भएको क्षेत्र नगरपालिका मानिन्छ । यो पञ्चायत र त्यसपछिको सबै निर्वाचनमा एकछत्र आफ्नो कब्जामा पार्न सफल काँग्रेसको सबैभन्दा बलियो क्षेत्र हो । 

साविक गैँडाकोट गाविसमा मुकुन्दपुर, अमरापुरी र रतनपुर गाविसका केही वडालाई गाभेर गैँडाकोट नगरपालिकामा बनाइएको हो । त्यहाँ काँग्रेसबाट मेयरमा युुवा पुस्ताका चर्चित उम्मेदवार केशव सापकोटा, मदनभक्त अधिकारी, ओमप्रसाद सापकोटा र गजेन्द्र आलेमगर मुख्य आकाङ्क्षीका रुपमा देखापरेका छन् । 

यद्यपि, युवापङ्क्तिले आफ्नो पुस्ताका गतिशील र लोकप्रिय उम्मेदवार केशव सापकोटालाई अघि सार्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । 

स्थानीयस्तरमा सामाजिक विकास र राजनीतिका विभिन्न तहमा कुशल नेतृत्व प्रदान गरिसकेका सापकोटालाई काँग्रेसले अघि सार्नुपर्ने यहाँका काँग्रेस इतर युवा जमातको अभिमत देखिन्छ । सोही पार्टीबाट उपप्रमुखमा विष्णु सापकोटा कँडेल, शान्ति कोइराला र सङ्गीता घिमिरे दौडमा देखिन्छ । काँग्रेसमा जस्तै एमालेमा पनि उम्मेदवार बन्नेको हानथाप छ । 

एमालेबाट यमनाथ आचार्य र छत्रराज पौडेल प्रतिस्पर्धी रहेका छन् भने उपप्रमुखमा राधा लामिछानेको चर्चा छ । यसैगरी माओवादी केन्द्रबाट नगर प्रमुखमा दुर्गा ढुङ्गाना र बलराम चालिसेको नाम चर्चामा छ । 

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता रहेका छन् । यहाँ ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार