बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँ"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैँडाकोटमा चुनावी रन्को (को कसरी तात्दैछन् चुनावमा)

१ बैशाख २०७४, शुक्रबार ०५:२३

बैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै उम्मेदवार छनोटको अन्तिम तयारी गरिरहेका हुन् । 

अहिलेसम्म नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटका लागि विभिन्न वडाबाट सम्भावित उम्मेदवारको नामवाली सङ्कलन गर्ने कार्य जारी छ । विशेष गरी नवलपरासीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्रलगायतका ठूला दलमा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको अवस्था छ । 

जिल्लामा सबैभन्दा बढी ५९ हजार जनसङ्ख्या रहेको गैँडाकोट नगरपालिकामा नेका, एमाले, माओवादी केन्द्रलगायतका ठूला दल उम्मेदवार चयन गर्न लागिपरेका छन् भने अन्य साना दलहरु संयुक्त रुपमा मोर्चाबन्दी गरी उम्मेदवार तय गर्ने तयारीमा जुटेका छन् । 

नेकाका महामन्त्री डा शशाङ्क कोइरालाको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गैँडाकोट नगरपालिकामा स्वयम् महामन्त्री कोइरालाको समेत चासो रहेको देखिएको छ । 

गैँडाकोट नगरपालिका काँग्रेसका लागि नवलपरासीको सबै गाउँपालिका र नगरपालिकामध्येकै सबैभन्दा बलियो पकड भएको क्षेत्र नगरपालिका मानिन्छ । यो पञ्चायत र त्यसपछिको सबै निर्वाचनमा एकछत्र आफ्नो कब्जामा पार्न सफल काँग्रेसको सबैभन्दा बलियो क्षेत्र हो । 

साविक गैँडाकोट गाविसमा मुकुन्दपुर, अमरापुरी र रतनपुर गाविसका केही वडालाई गाभेर गैँडाकोट नगरपालिकामा बनाइएको हो । त्यहाँ काँग्रेसबाट मेयरमा युुवा पुस्ताका चर्चित उम्मेदवार केशव सापकोटा, मदनभक्त अधिकारी, ओमप्रसाद सापकोटा र गजेन्द्र आलेमगर मुख्य आकाङ्क्षीका रुपमा देखापरेका छन् । 

यद्यपि, युवापङ्क्तिले आफ्नो पुस्ताका गतिशील र लोकप्रिय उम्मेदवार केशव सापकोटालाई अघि सार्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । 

स्थानीयस्तरमा सामाजिक विकास र राजनीतिका विभिन्न तहमा कुशल नेतृत्व प्रदान गरिसकेका सापकोटालाई काँग्रेसले अघि सार्नुपर्ने यहाँका काँग्रेस इतर युवा जमातको अभिमत देखिन्छ । सोही पार्टीबाट उपप्रमुखमा विष्णु सापकोटा कँडेल, शान्ति कोइराला र सङ्गीता घिमिरे दौडमा देखिन्छ । काँग्रेसमा जस्तै एमालेमा पनि उम्मेदवार बन्नेको हानथाप छ । 

एमालेबाट यमनाथ आचार्य र छत्रराज पौडेल प्रतिस्पर्धी रहेका छन् भने उपप्रमुखमा राधा लामिछानेको चर्चा छ । यसैगरी माओवादी केन्द्रबाट नगर प्रमुखमा दुर्गा ढुङ्गाना र बलराम चालिसेको नाम चर्चामा छ । 

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन् । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता रहेका छन् । यहाँ ३२ राजनीतिक दलले दल दर्ता गराएका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’