२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’ नारा तय

२०७४, १ बैशाख शुक्रबार १४:५०

बैशाख १, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले दश वर्षसम्म सञ्चालन गरिएको ‘जनयुद्ध’को मुख्य नारा सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने साकार भएको र संविधानानुसार नै सात सय ४४ स्थानीय तह खडा गरिएकाले अब ती निकायलाई थप संस्थागत गर्न लागिएको जनाएको छ । 

माओवादीकै कारण स्थानीय तहमा ६० भन्दा बढी अधिकार पुगेको र कार्यान्वयनको चरणमा रहेको निष्कर्ष निकाल्दै बैठकले यसबार जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्ने र निर्वाचनको वातावरण बनाइने निर्णय गरेको छ । सरकारले कार्यसम्पादन गरेको राम्रा, सकारात्मक एवम् जनपक्षीय कामलाई समेत प्रचार गर्दै निर्वाचनमा होमिने निर्णय पार्टीले गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

सबै स्थानीय तहमा चुनावी सभा 

जिल्ला समिति र प्रदेश समितिको निर्णयका आधारमा यही वैशाख ९ गतेसम्म उम्मेदवार तय गर्ने निर्णय भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन तथा जनतालाई चुनावमा सहभागी हुन र परिवर्तनकारी शक्तिलाई निर्वाचित गराउन आग्रह गर्दै सात सय ४४ वटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ । 

सोअनुसार यही वैशाख ९ गते सबै स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी चुनावी सभाको आयोजना गरिने छ । निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिबद्धतापत्रमा आज छलफल भएको र त्यसलाई थप समृद्ध पारेर सार्वजनिक गर्ने तयारी गरिएको छ । नेता गुरुङले केही मौलिक कार्यक्रम र नारा सहितको प्रतिबद्धतापत्र तयार पार्न लागिएको जानकारी दिनुभयो । 

वार्तामा आउन पुनःआग्रह 

बैठकले मधेस केन्द्रित दलका नेतालाई राष्ट्रिय समस्याको समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विधि भएको जनाउँदै आवेग र आग्रहका आधारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ । “मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधानका लागि अपिल गरिएको छ, हामीलाई विश्वास छ मोर्चा संवादका आधारमा राष्ट्रिय समस्याको समाधान गर्न र स्थानीय तहको निर्वाचनका लागि तयार हुनेछ”, प्रवक्ता भुसालले भन्नुभयो । 

भुसालले बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गर्दै मधेसी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । रमेश लम्साल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ