५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’ नारा तय

१ बैशाख २०७४, शुक्रबार १४:५०

बैशाख १, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले दश वर्षसम्म सञ्चालन गरिएको ‘जनयुद्ध’को मुख्य नारा सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने साकार भएको र संविधानानुसार नै सात सय ४४ स्थानीय तह खडा गरिएकाले अब ती निकायलाई थप संस्थागत गर्न लागिएको जनाएको छ । 

माओवादीकै कारण स्थानीय तहमा ६० भन्दा बढी अधिकार पुगेको र कार्यान्वयनको चरणमा रहेको निष्कर्ष निकाल्दै बैठकले यसबार जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्ने र निर्वाचनको वातावरण बनाइने निर्णय गरेको छ । सरकारले कार्यसम्पादन गरेको राम्रा, सकारात्मक एवम् जनपक्षीय कामलाई समेत प्रचार गर्दै निर्वाचनमा होमिने निर्णय पार्टीले गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

सबै स्थानीय तहमा चुनावी सभा 

जिल्ला समिति र प्रदेश समितिको निर्णयका आधारमा यही वैशाख ९ गतेसम्म उम्मेदवार तय गर्ने निर्णय भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन तथा जनतालाई चुनावमा सहभागी हुन र परिवर्तनकारी शक्तिलाई निर्वाचित गराउन आग्रह गर्दै सात सय ४४ वटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ । 

सोअनुसार यही वैशाख ९ गते सबै स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी चुनावी सभाको आयोजना गरिने छ । निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ । 

केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिबद्धतापत्रमा आज छलफल भएको र त्यसलाई थप समृद्ध पारेर सार्वजनिक गर्ने तयारी गरिएको छ । नेता गुरुङले केही मौलिक कार्यक्रम र नारा सहितको प्रतिबद्धतापत्र तयार पार्न लागिएको जानकारी दिनुभयो । 

वार्तामा आउन पुनःआग्रह 

बैठकले मधेस केन्द्रित दलका नेतालाई राष्ट्रिय समस्याको समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विधि भएको जनाउँदै आवेग र आग्रहका आधारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ । “मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधानका लागि अपिल गरिएको छ, हामीलाई विश्वास छ मोर्चा संवादका आधारमा राष्ट्रिय समस्याको समाधान गर्न र स्थानीय तहको निर्वाचनका लागि तयार हुनेछ”, प्रवक्ता भुसालले भन्नुभयो । 

भुसालले बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गर्दै मधेसी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । रमेश लम्साल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने